सामुहिक रुपमा न्वागी मनाउँदै चेपाङ

मकवानपुर । आज (२२ भदौ) चेपाङको न्वागी पर्व । पर्वको अवसरमा बागमतीको ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको छ । चेपाङहरु न्वागी पर्व सामुहिक रुपमा मनाउन धादिङ जिल्लमा भेला भएका छन् । बागमती प्रदेशको धादिङ जिल्ला गजुरी गाउँपालिका वडा न ५ च्याङली भन्ने गाउँमा यतिबेला रौनक फेरिएको छ । यहाँको रौनक उल्लाषमय बनेको छ । २२ भदौ अर्थात चेपाङ समुदायको खास पर्व न्वागी मनाउने दिन हो आज ।

आज चेपाङको न्वागी पर्व, बागमतीको ३ जिल्लामा सार्वजनिक बिदा

हरेक वर्ष सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले यो वर्ष गजुरी ५ च्याङलीमा सामुहिक पर्व मनाउने तयारी थालेको छ । पर्व मनाउनको लागि सम्बन्धित गाउँपालिकाले व्यावस्थापनको जिम्मेवारी लिएको छ । चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुदैछन् ।
पर्व मनाउनको लागि भोज र पूजा सामग्रीको जोहो भइसकेको छ । सामुहिक भोजमा मासु भात खाइनेछ । यसको लागि चामल र मासुको लागि राँगो र सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी भएको छ ।

सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए । उनका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदै छ । उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।

चेपाङ समुदायमा मनाइने सबैभन्दा प्रमुख पर्व छोनाम न्वागि आज २२ भदौमा मनाइदै छ । हरेक वर्ष २२ भदौमा मनाइने न्वागि पर्व चेपाङहरुको विशेष पर्वको रुपमा लिइन्छ ।

नयाँ अन्नबाली,फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा २२ भदौलाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपाड्डहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।

२२ गते दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गर्ने पूर्व सांसद चेपाङले बताए । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।

नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा रहेका चेपाङहरुले आफूहरुको सम्मानमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएकोमा गतवर्षबाट यो दिन बिदा दिन थालिएको हो । चेपाङ संघ केन्द्रीय समितिले २०६३ मा २२ बुँदे माग राख्दै न्वागि पर्वमा सरकारले देशभर सार्वजनिक बिदाको दिनुपर्ने माग गरेको थियो । जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । अहिले नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ जना छ ।

यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पधा