नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त भएको छ । आज मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित