गुँडैले चरी सार्वजनिक

काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा शाहीको स्वर रहेको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई विशाल थापाले खिचेका हुन् । गीतको भिडियोलाई फराज अर्पणले सम्पादन तथा रङ संयोजन गरेका छन् । इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य