बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

कोहलपुर । बाँके सडक खण्डमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति १० बजे भएको बस दुर्घटना परी ७ जनाको मृत्यु भएको हो । 

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा परी ७ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइतेसमेत भएका छन । उनका अनुसार बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा सो बस राती करिब १० बजेतिर ठोक्किन पुगेको थियो ।

रोकिराखेको ट्रकमा बस ठोक्किन पुगे पछि भएको सो दुर्घटनामा परी घाइते भएकोहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध