जी–२० शिखर सम्मेलन: भारतले बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई किन बेवास्ता ?

काठमाडौं । संसारका प्रमुख देशका नेता जम्मा हुने ‘जी–२०’ शिखर सम्मेलनमा अध्यक्ष राष्ट्र भारतले छिमेकी मुलुक बंगलादेशलाई आमन्त्रण गर्दा नेपाललाई भने छुटाएको छ ।

नेपाल र भारतबिच पछिल्लो समय सम्बन्धमा सुधार आएको भनिए पनि वास्तविकरूपमा अझै भारत नेपालसँग असन्तुष्ट नै रहेको सन्देश भारतले दिन खोजेको छ । नेपालको राजनीतिलाई पटकपटक तौलँदै आएको भारतले ‘जी–२०’ शिखर सम्मेलनमा आमन्त्रण नगर्नुले नेपालसँगको सम्बन्ध शुभ नरहेको कूटनीतिक विश्लेशकले अर्थाएका छन् ।

विश्व राजनीतिलाई प्रभाव पार्ने ठुला राष्ट्रको शिखर सम्मेलनमा नेपाललाई नबोलाउनुमा केही समयअघि देखि नेपालसँग विगतमा चिसिएको सम्बन्धमा अझै सुधार नआएको संकेतका रूपमा बुझ्न सकिन्छ । भारतको बंगलादेशसँग डेढ दशकयतादेखि यता मित्रवत र हार्दिक सम्बन्धका कारण ‘जी–२०’ शिखर सम्मेलनमा बंगलादेश प्राथमिकतामा पर्दा नेपाल पर्न सकेन । बंगलादेशमा राजनीतिक र नीतिगत स्थिरता छ । यही कारण भारतले बंगलादेशलाई जी–२० सम्मेलनमा बोलाएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासिलो मित्रका रूपमा लिने गर्छन् । तर, नेपालको राजनीतिक अस्थिरता र नेताप्रति मोदीले खुलेर विश्वास गरेको पाइँदैन । नेपाल–भारत सीमा समस्याको तिक्तताका कारण चिसिएको सम्बन्धमा अझै सुधार आउन नसकेको बुझ्न सकिन्छ ।

‘जी–२०’ शिखर सम्मेलनको अहिलेको जल्दोबल्दो मूल मुद्दा जलवायु परिवर्तन पनि हो । जलवायु परिवर्तनको असर र त्यसको प्रभाव नेपालजस्तो मुलुकमा धेरै पर्ने गरेको छ । यो विषयमा फन्ड र टेक्नोलोजी ट्रान्सफरजस्ता विषयले नेपालका लागि ठुलो अर्थ राख्छ । त्यसैले पनि महत्वपूर्ण मानिन्छ । यसपटक अध्यक्षको हैसियतबाट भारतले बांलादेश, इजिप्ट, मरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमन, सिंगापुर, स्पेन र संयुक्त अरब इमिरेट्सलाई पाहुनाका रूपमा निम्त्याएको छ ।

त्यस्तै, इन्टरनेसनल सोलर एलायन्स (आईएसए), कोएलिसिन अफ् डिजास्टर रिसेलियन्ट इन्फ्रास्ट्रक्चर (सिडिआरआई) र एसियाली विकास बैंंक (एडिबी) जस्ता अन्तर्राष्ट्रिय संगठन पनि निम्त्याइएका छन् । अफ्रिकन युनियन (एयू), द अफ्रिकन युनियन डेभलपमेन्ट एजेन्सी न्यु पार्टनरसिप फर अफ्रिकाज डेभलपमेन्ट (एयुडीए–एनइपिएडी) र दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन (आसियान)जस्ता क्षेत्रीय संगठन पनि पाहुनाका रूपमा बोलाइएका छन् ।

विश्वराजनीतिलाई प्रभाव पार्ने ‘जी–२०’ शिखर सम्मेलन
‘जी–२०’ शिखर सम्मेलन विश्व राजनीतिलाई प्रभाव पार्ने र विश्वको शीर्ष नेताबिच हुने भेटघाटले भावी विश्वराजनीतिलाई प्रभाव त पार्छ नै, ‘साइडलाइन’मा हुने शीर्षस्थ नेताको भेटघाट पनि अर्थपूर्ण हुन्छ । चीन र रुसका राष्ट्रप्रमुखबाहेक विश्वका १८ वटा देशका प्रमुख भारतको नयाँ दिल्लीमा शिखर सम्मेलनमा जुटेका छन् ।

विश्वको सबैभन्दा ठुलो जमघटमा जलवायु परिवर्तन, विकास, वैश्विक सुशासन, हरित प्रविधिलगायतका विषयमा छलफल हुने, युक्रेन युद्ध तथा विश्वव्यापी सुरक्षाका विषयमा पनि चर्चा गरिने भएको छ । तर, युक्रेन युद्धको विषलाई लिएर चीन र रुसले भने असहमति राखेको छन् । चीनबाट राष्ट्रपतिको प्रतिनिधित्वका रूपमा आएका प्रधानमन्त्री र रुसले आप्mनो प्रतिनिधिका रूपमा विदेशमन्त्री सेर्गेई लाभरोभलाई पठाएको छ । यद्यपि चिनियाँ राष्ट्रपति ‘जी–२०’ शिखर सम्मेलनमा भाग लिन किन आएनन् भन्ने खुलाइएको छैन ।

‘जी–२०’ मा १९ देश र युरोपेली युनियन सदस्य छन् । सदस्य देशहरू हुन् ः अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् । यो समूहले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब ८५ प्रतिशत ओगट्छ । त्यस्तै, विश्व व्यापारको ७५ प्रतिशत र विश्वको कुल जनसंख्याको दुईतिहाइ यी देशले समेट्छ ।

‘जी–२०’ मूलतः अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका लागि स्थापना गरिएको मञ्च हो, जसले संसारका सबैजसो प्रमुख अन्तर्राष्ट्रिय आर्थिक विषयको संरचना निर्धारण गर्छ । वैश्विक आर्थिक स्थिरता र दिगो विकासका लागि सदस्य राष्ट्रबिच नीतिगत समन्वय गर्ने, भविष्यमा हुन सक्ने वित्तीय संकटको जोखिम न्यूनीकरण गर्न वित्तीय नियमन गर्ने र नयाँ अन्तर्राष्ट्रिय वित्तीय संरचना निर्माण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो ।

जी–२० शिखर सम्मेलनमा प्लेकार्डमा भारत लेखेर मोदीले के सन्देश दिन खोजे ?
नेपालले दक्षिण छिमेकी राष्ट्रलाई भारत नामले सम्बोधन गर्ने गरे पनि विश्वका अधिकांश राष्ट्रले इन्डिया नामले चिन्छन् । तर, जब शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्लेकार्डमा भारत भनेर लेखेर यसले विश्वलाई आप्mनो देशको असली नाम भारत हो भन्ने सन्देश दिन खोजेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेमप्लेटमा भारत लेखेको विषयलाई भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् । १ दशमलव ४ अर्ब जनसंख्या भएको यो मुलुकलाई भारत र इन्डिया दुवै नामले चिनिन्छ । जसका २० भन्दा बढी औपचारिक भाषा छन् । पासपोर्टमा समेत दुवै नाम प्रयोग गरिन्छ । त्यति मात्रै होइन रात्री भोजका लागि विश्वका प्रमुखलाई बोलाइएको निमन्त्रणापत्रमा पनि इन्डियाको सट्टामा भारत भनेर लेखिएको छ । यसको अर्थ हाम्रो देशको संस्कृत र हिन्दी नाम भारत हो भन्ने सन्देश विश्वलाई दिन खोजेका छन् ।

मोदीले भारत लेख्नुको अर्को कारण भनेको भारत कसैको औपनिवेशिक मुलुक होइन स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश मात्रै दिएका छैनन् । सडकदेखि सहरका हरक्षेत्रमा भारत भनेर लेख्न लगाएका छन् । इन्डिया शब्द ब्रिटिसले गाली गरेर दिएको बुझेका मोदीले भारत नामलाई प्राथमिकता दिएका हुन् । इन्डिया’ नाम सिन्धु नदीको अंग्रेजीकरण इन्डसबाट बनेको हो । पछि बेलायती साम्राज्यले पनि यही नाम प्रयोग ग¥यो । त्यसकारण पनि मोदी इन्डियालाई विश्वसामु भारत भनेर चिनाउन चाहन्छन् । जुन उनले जी–२० शिखर सम्मेलन त्यसमा पनि विश्वका ठुला राष्ट्रका प्रमुखहरू आमन्त्रित भएको शिखर सम्मेलनबाट सन्देश प्रवाह गरेका छन् ।

‘जी–२०’ कस्तो संगठन हो ?
‘जी–२०’ मूलतः अनौपचारिक संगठन हो । त्यसैले यसमा संयुक्त राष्ट्र संघको जस्तो स्थायी सचिवालय र कर्मचारी छैनन् । वार्षिकरूपमा यसको अध्यक्ष फेरिन्छन् । अध्यक्षता गर्ने देशले नै यसको कामकाजको व्यवस्थापन र शिखर सम्मेलन आयोजना गर्छ ।

अध्यक्षता गर्ने देशलाई पूर्वअध्यक्ष र भावी अध्यक्ष देशले सहयोग गर्छन् । भारतले १ डिसेम्बर, २०२२ देखि ३० नोभेम्बर, २०२३ सम्म यसको अध्यक्षता गर्नेछ, जसलाई इन्डोनेसिया (पूर्वअध्यक्ष) र ब्राजिल (भावी अध्यक्ष)ले सघाइरहेका छन् । ‘जी–२०’ का निर्णयहरू महत्वपूर्ण भए पनि ती तुरुन्तै कार्यान्वयन हुँदैनन् । वास्तवमा ‘जी–२०’को शिखर सम्मेलनमा सदस्य देशका नेता विभिन्न विषयमा छलफल गर्छन् र घोषणा गर्छन्, जसले उनीहरूको आशय व्यक्त गर्छ ।

त्यसपछि सम्बन्धित देश र अन्तर्राष्ट्रिय संस्थाले तिनको कार्यान्वयन गर्छन् । उदाहरणका लागि व्यापारसम्बन्धमा केही घोषणा भए, त्यसको कार्यान्वयन विश्व व्यापार संगठन (डब्लुटिओ)ले गर्छ । ‘जी–२०’का शिखर सम्मेलन प्रायः संयुक्त घोषणा वा वक्तव्यमार्फत टुंगिन्छ, जसमा अन्तर्राष्ट्रिय द्वन्द्व, जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता, भावी सहकार्यजस्ता विषय’bout उल्लेख हुन्छन् ।

मोरक्को भूकम्पमा हजार बढीको मृत्यु
मराकेस । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म १ हजारभन्दा बढीको मृत्यु भएको छ भने ७ सय बढी घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय बढीको अवस्था गम्भीर छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन् । गृह मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट भयभित मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।

भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चा रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकलाई देखेको बताएका छन् । १० मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।

सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबिच, विश्वका विभिन्न मुलुकका नेताले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने