एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबिच आज खेल हुँदैछ। श्रीलङ्काको कोलम्बोमा हुने यी दुई बिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ। खेल श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुईवटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ।

यसैबीच भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ ११ घोषणा भइसकेको छ। बाबर अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

पाकिस्तानको प्लेईङ ११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, फहिम असरफ, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलीको गृहनगर दमकमा एमाले पराजित