‘मेला हेर्न’ भन्दै निस्केका अजिम केटी साथी भेटेपछि बेपत्ता

राजविराज । मेला घुमेर आउँछु भनी घरबाट निस्केका एक युवा विगत ६ दिनदेखि बेपत्ता छन् । सप्तरीको खडक नगरपालिका–११ निवासी अजिम बेपत्ता भएका हुन् ।

गाउँमै गत बुधबार कृष्णाष्टमीका अवसरमा लागेको मेला हेरेर आउँछु भनी घरबाट निस्केका अजिम त्यही दिनदेखि बेपत्ता भएको परिवारजनले जनाएको छ ।

‘६ दिनदेखि छोरीको खोजी गरिरहेका छौं,’ सोमबार छोरा पत्ता लगाइदिन भन्दै सदरमुकाम राजविराजमा प्रहरी गुहार्न पुगेका अजिमका बुबा समिमउल्लाह मियाँ र आमा हसिरनले भने, ‘कतै कुनै सुराक नपाइएपछि छोराको अवस्था पत्ता लगाइदिन जिल्ला प्रहरी कार्यालय पुगेका हौं ।’

नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराए पनि हालसम्म फेला पर्न नसकेको मियाँ दम्पत्तिले बताएका छन् । परिवारजनले यसअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा समेत उजुरी गरिसकेका छन् ।

त्यहाँबाट कुनै ठोस परिणाम प्राप्त नभएकाले जिल्लामा समेत उजुरी दिन आइपुगेको उनीहरूले बताएका छन् । पीडित परिवारले स्थानीय प्रशासनलगायत सरोकारवालामा खोजी गरिदिन अपिल गरेका छन् ।

बेपत्ता रहेका भाइ अपहरणमा परेको हुन सक्ने आशंका उनका दाजु रियाजले व्यक्त गरेका छन् । ‘भाइसँगै गएका उनका केटा साथी सोही राति घर फर्केपनि अजिम भने बेपत्ता भए,’ दाजु रियाजले सुनाए ।

यस’bout भाइका साथीलाई भोलिपल्ट बिहानै सोध्दा उनी मेला हेरेर फर्किँदा एक जना केटी साथीलाई भेट्न जान्छु भनी बाटोमै आफूसँग आजिम छुटिएको जवाफ दिएको रियाजको कथन छ ।

सो’bout प्रहरीलाई जानकारी गराउँदा केटी साथीले सो दिन अजिम आफूलाई भेट्न आएको स्वीकार गरे पनि भेटेको केही क्षणमै घर जान्छु भन्दै निस्केको र त्यसपछि कता गयो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएको रियाजले जानकारी दिएका छन् ।

बेपत्ता भएको रातिदेखि भाइ अजिमले बोक्ने ९८१८९८७६९८ नम्बरको मोबाइल स्वीच अफ भएको जानकारी दिँदै दाजु रियाजले भाइका केटी साथीका आफन्तजनले अपहरण गरी भारततर्फ लगेको र त्यहाँ कुनै अप्रिय घटना हुन सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

अजिमका सबै साथी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि कतै फेला पर्न नसकेको उनको भनाइ छ ।

‘सबैतिर खोज्ने लगाउने काम भयो, कतै फेला परेन,’ बुबा समिम उल्लाहले भने, ‘अपहरण भएको हुन सक्ने आशंका सबैले गरेका छौं ।’

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक सुवेश अधिकारीले अजिमलाई पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले अजिमको अवस्था पत्ता लगाउन प्रहरीले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै उनी बेपत्ता भए’bout विभिन्न कोणबाट अनुसन्धान थालिएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले