डोरबहादुर विष्टले बनाएको डिल्लीचौर स्कुल

जुम्ला । जुम्ला पातारासी गाउँपालिका केन्द्र लासी बजारको ठिक अगाडि जप्न गाउँ छ । जप्नको डिलमा प्राकृतिक ओडार छ, जुन ओडारमा घामपानी छेक्ने र खण्ड खण्डमा मानिस जम्मा भएर राडी पाखी बुन्ने, उखान चुट्किला सुनाउने, धान कुट्ने प्रसस्तै ठाउँ छन् । यही ओडारबाट पातारासी (चौधबिस) क्षेत्रमा अनौपचारिक शिक्षाको सुरुवात भयो ।

ओडारबाट जग बसेको शिक्षा क्षेत्रमा मलजल हाल्ने श्रय भने मानवशास्त्री डोरबहादुर विष्टलाई जान्छ । २०१७ सालमा स्थापना भएको ऋणमोक्ष माद्यमिक विद्यालयमा मानवशास्त्री विष्टले आफ्नो सक्रिय जीवनको उत्तराद्र्धतिर जुम्लाको चौधबिसमा शिक्षाको दियो बालेका हुन् । विष्टले २०५० सालमा ऋण मोक्ष मावि डिल्ली चौरमा बेलायत, जापान र जर्मनी सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ती, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापन गरी चौधबिसलाई बिर्सिनसक्नुको गुन लगाएको कुरा स्थानीय बासिन्दा अहिले पनि स्मरण गर्छन् ।

डोरबहादुर विष्टले उकालो चौरमा कलात्मक ढंगले निर्माण गरेका भवन अहिले पनि अस्तित्वमा छन् । त्यति बेलाको समयमा अशिक्षा, गरिबी र अज्ञानताको दबदबापूर्ण समाजमा शिक्षा एक मात्रै त्यस्तो अस्त्र थियो, जसले सबै बाधा अड्काउ फुकाउँदै सरल, सहज र सभ्य जीवनयापनका लागि सिंगो समाजलाई डो¥याउन सक्थ्यो । राज्य पुनर्संरचनापछि सिंगो चौधबिस पातारासी गाउँपालिकामा रूपान्तरण भएको यो क्षेत्रमा डोरबहादुर विष्टले छोटो समयमै शिक्षाप्रतिको भोग जगाइसकेका थिए ।

तर, सिंगो पातारासीकै दुर्भाग्य ! २०५२ साल पुस २५ गते घर जान जुम्लाबाट हिंडेका मानवशास्त्री डोरबहादुर विष्टको अवस्था अझै थाहा हुन सकेको छैन । उनले निर्माण गरेको ऋणमोक्ष मावि आजबाट ६३औं वसन्त पार गर्दै नयाँ वसन्तमा प्रवेश गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको ऐतिहासिक विद्यालय हाक्ने जिम्मेवारी २९ वर्षीय प्रधानाध्यापक हरिबहादुर बुढाको काँधमा छ ।

ऋणमोक्ष माविमा हाल ६२३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा थुप्रै समस्या थिए, विद्यालयको घेरबार नहुँदा विद्यालय असुरक्षित थियो ।

‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रणा दिनु हो, जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन,’ प्रधानाध्यापक बुढाले भने । अहिले घेरबार, कम्प्युटर ल्याब र व्यवस्थित विज्ञान प्रयोगशाला निर्माण गरेको बुढाले बताए ।

शिक्षा विभागबाट २०६३ सालमा हिमाली छात्राबास स्थापना भएपछि दूरबस्तीका छात्रा शिक्षामा जोडिन पाएको उनले बताए । अहिले छात्राबासमा ५० जना छात्रा बसिरहेका छन् । पाँच वर्षभित्र विद्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको प्रधानाध्यापक बुढाले जानकारी दिए ।

डिल्लीचौरमा दसैंतिहारभित्र भूपु विद्यार्थी अक्षयकोष स्थापना गरिँदै छ । यस कोषले विद्यालयबाट एसईई र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बुढाले जानकारी दिए । मानवशास्त्री डोरबहादुर विष्टको इतिहास जोडिएको महत्वपूर्ण विद्यालय पाताराशीकै गौरवका रूपमा रहेको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ