जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । उनको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।
आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामनरेश पण्डितले जानकारी दिए । सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।
तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)