रोजन रखालको अध्यक्षतामा चलचित्र संरक्षण मञ्चमा नयाँ कार्यसमिति

काठमाडौं । चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिवेशनले रोजन रखाल (टिकाराम रखाल मगर) अध्यक्षतामा मंगलबार नयाँ कार्यसमिति चयन भएको छ । आगामी दुई वर्षका लागि मञ्चको वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा अभिनेता हरिश सिग्देल (आर्यन), द्वितीय उपाध्यक्षमा चलचित्र निर्देशक दिनेश राउत, महासचिवमा एडिटर समिर मिया, उपमहासचिवमा अभिनेता तेजबहादुर गिरी, सचिवमा निरबहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवनकुमारी भोलन (रोशनी) र सहकोषाध्यक्षमा संगीत सागर बुर्जा निर्बिरोध चयन भएका छन् ।

यसैगरी, मञ्चको कार्यसमिति सदस्यमा राजन खरेल, जानुका राई, शान्तिकुमारी डिमडुङ, राखिन्द्रकुमार थिङ, मायादेवी सिङतान, विश्वास भण्डारी, उद्धव बस्नेत, ध्रुव चौलागाई र सुभाष गोतामे निर्विरोध निर्वाचित भएका छन् ।

समारोहमा नयाँ निर्वाचित पदाधीकारीलाई विजयीको प्रमाणपत्र प्रदान गरियो । समारोहमा संस्थाका सल्लाहकार तथा आजीवन माधवराज खरेललाई सम्मान गरियो ।

समारोहमा संस्थाका मानार्थ सदस्य गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर गिरी, सौन्दर्यकर्मी गीता पौडेललगायतले आफ्नो भनाइ राखे ।

मञ्चको अधिवेशन उद्घाटन समारोहमा आजिवन सदस्य विमला भुजेल, गोबिन्दबहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्रसमेत प्रदान गरिएको छ । सो अधिवेशनमा चलचित्र पत्रकार विष्णुप्रसाद सुवेदी, गीतकार डब्बु क्षत्री र अधिवक्ता कुलबिक्रम रायमाझी निर्वाचन अधिकृत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार