एउटै दृष्य नकाटी एक भागवत र एक गीता सेन्सर पास

काठमाडौं । चलचित्र एक भागवत गीतलाई सेन्सर गर्नका लागि चलचित्र विकास बोर्डले पाँच दिनअघि अनुमति दिएन । केही धार्मिक संस्थाको दबाबमा यो चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ राखेपछि मात्र यसले सेन्सर गर्ने अनुमति पाएको थियो ।

तर, मंगलबार यो चलचित्रको एउटा पनि दृष्यमा कैंची नचलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘एक भागवत र एक गीता (सामाजिक कथा)’लाई पास गरेको छ । सेन्सर बोर्डले यो चलचित्रलाई सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । अब यो चलचित्र निर्धारित मिति २९ भदौमै रिलिज हुने भएको छ ।

दुई घण्टा १९ मिनेट अवधिको यो चलचित्रको कुनै पनि दृष्य आपूmहरूले नकाटेको सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले बताएका छन् । सिनेमा राम्रो र केही फरक कथामा बनेको पनि उनले जिकिर गरे । फिल्ममा धर्ममा आँच आउने कुनै पनि सामग्री नराखिएको पनि सेन्सरका पदाधिकारीले बताएका छन् ।

यसैबिच यो चलचित्रको झिजिया…(सांस्कृतिक गीत)को भिडियो मंगलबार काठमाडौंमा एक समारोहबिच रिलिज गरिएको छ । नेहा प्रियदशर्नी र प्रवेश मल्लिकको स्वर रहेको यो गीत मैथिली संस्कृतिमा आधारित छ । प्रवेश मल्लिककै संगीत रहेको यो लोक गीत हो ।

सुनिलकुमार थापा निर्मित तथा झरना थापा निर्देशित यो चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापालगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन