राजविराजको चर्चित घटनामा अदालतको यस्तो आयो फैसला

राजविराज । राजविराजको एक चर्चित हत्याकाण्डमा अदालतको फैसला आएको छ । एक युवाको कुटेरै हत्या गरेको आरोपमा चलिरहेको मुद्दा उपर सुनुवाई गर्दै अदालतद्वारा बाबु छोरीलाई तीन÷तीन वर्ष कैद सजाय ठहर हुने फैसला आएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधिश हरिशचन्द्र इङनामको इजलाशले मंगलबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोप राजविराज ७ निवासी बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३-३ वर्ष कैद र ३०-३० हजार जरिवाना र एक लाख रुँपैया क्षतिपूर्ती भराउने फैसला गरेको छ ।

बाबु छोरीलाई ३–३ वर्ष कैद सजाय, ६ जनालाई सफाइ

२०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथी सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षिय जयकृष्ण बिराजी यादवको कुटेरै हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतको यस्तो फैसला आएको छ ।

उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश: राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।

२०७६ साल असार १० गते रातीको समयमा बाबु छोरीसहित ८ जनाको समूहले बासको भाटा, रड लगायतका बस्तुले जयकृष्णमाथी निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।

त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोसित उनका आफन्तजनले आरोपीहरुलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो ।

प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् । कुटेरै हत्या गरिएका बिराजी राजविराजस्थित पिसजोन स्कुलको छात्रावासका प्रमुखसँगै सोही विद्यालयमा अध्यापनको काम समेत गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी