नेबा बास्केटबल शुक्रबारदेखि

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुँदै छ । प्रतियोगितामा ब्वाइज र गल्र्स गरी ४५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

बास्केटबल स्कुल तथा प्लस टु लेबलमा सर्वाधिक लोकप्रिय खेलभित्र पर्छ । खेलको स्तरवृद्धि गर्न र भविष्यमा सिनियर महिला÷पुरुष टिमका लागि खेलाडी छनोटका रूपमा समेत यो प्रतियोगितालाई लिइएको छ ।

लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्ड हलमा हुनेछ ।

चीनमा हुन लागेको १९औं एसियाडमा समेत नेपालबाट बास्केटबल टिमसमेत रहेको छ । नेपालमा बास्केटबल खेलको विकास र विस्तारमा नेपाल बास्केटबल संघले नियमित गतिविधि सञ्चालन गर्दै आइरहेको छ । खेलाडीलाई एक्पोज गराउनेदेखि नयाँ खेलाडी उत्पादन गर्ने कार्यमा समेत संघ सक्रिय छ ।

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम
ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् । सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गल्र्समा २४ टिमले भाग लिनेछन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । समग्रमा १ सय १८ खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेल धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी