राजनीति देशको मूल नीति हो । नीति निर्माण गर्ने, विकास योजना बनाउने र कार्यान्वयन गर्ने प्रमख अंग हो । राजनीति एउटा सिद्धान्त हो, दृष्टिकोण हो । देशलाई सञ्चालन गर्ने संयन्त्र हो । विश्व इतिहासको अध्ययनले पनि राजनीतिकै कारण जनतालाई पीडा र समृद्धि दुवै प्राप्त हुने गरेको देखिन्छ । राजनीतिकै कारण प्रथम विश्व युद्ध भयो । करोडौं मानिसहरूले मृत्युवरण गर्नु प¥यो । दोस्रो विश्वयुद्ध र यसको क्षति पनि राजनीतिक लडाइँकै नतिजा थियो । वर्तमान अवस्थामा पनि राजनीतिकै कारण देशले पीडा भोगिरहेका छन् । वर्तमानमा राजनीतिज्ञले विवेक नपुराउँदा युद्ध भोग्नुपरेका देशहरू रसिया, युव्रmेन, अर्मेनिया, अजरवैजान, बर्किनो फासो, इथियोपिया, कंगो, हैटीलगायतले दुःख, पीडा र मृत्युसँग लडिरहनुपरेको छ । एकातिर समाजलाई गरिबी, अभाव र समस्यामा पार्ने कामपनि राजनीति कर्मीको होभने अर्कोतिर देशमा विकास निर्माणगरी जनतालाई सुख, शान्ति र सुविधा दिनमा पनि राजनीति नेतृत्वकै भूमिका हुन्छ । यसरी हेर्दा समाजको पीडा र सुखको स्रोत राजनीति देखिन्छ ।
राजनीति नै देशको समग्र नीति तथा विकास योजना निर्माण र कार्यान्वयन गर्ने प्रमुख अंग हो
आज विश्व जगत्का विकसित राष्ट्रको समृद्धि स्थायी राजनीति र सक्षम नेतृत्वको परिणाम हो । हाम्रो देशको सन्दर्भमा राजनीतिक नेतृत्वले जनताको सुख, शान्ति र समृद्धिको लागि काम गर्न पर्नेमा दुःख, पीडा, अभाव र बेचैनी दिएको छ । प्रजातन्त्रको पुनस्र्थापना २०४६ साल पछाडि नेपाली समाजको सामाजिक, आर्थिक र सांस्कृतिक जीवन झन् पछि झन् बिगिँ्रदै गएको पाइन्छ ।२००७ पछाडि २०१७ सम्मको राजनीतिक उतारचढाव र दलको अपरिपक्क अभ्यासका कारण सरकार परिवर्तन भइरहे । २०१५ साल पछाडि बीपी कोइराकोको नेतृत्वमा बनेको निर्वाचित सरकारबाट जनताले केही आशा गरेका थिए ।बीपीसँग देश बनाउने भिजन, मिसन र एक्सन थियो भनिन्छ । तर, उनले लामो समय शासन गर्न पाएनन् । केही महिनाको उनको सरकारलाई अपधस्त गरी राज महेन्द्रले पञ्चायती शासन सुरु गरे ।
त्यसो त देशमा विकासको आधार निर्माण गर्ने व्यक्ति राजा महेन्द्र हुन् भन्नेहरू धेरै छन् । राजाहरू निरञ्कुस हुन्छन् भन्ने स्कुल अफ थटलाई बिर्सने होभने राजा महेन्द्रले देशको हितमा ठुलो काम गरेको इतिहास साक्षी छ । राजा महेन्द्रको देहान्त पछाडि वीरेन्द्रको कार्यकालमा देश बनाउने ठुलो अवसर थियो । तर, उनले यो अवसरको उपयोग गर्न सकेनन् । बरु पञ्चायती व्यवस्थाकै कारण प्रजातन्त्रको लागि संघर्ष गरिरहेका दलका नेता तथा कार्यकर्ताले पीडा भोग्नुप¥यो । पञ्चायती व्यवस्थाको विरोध गर्नेलाई राजाले निर्मम सजाय दिए । झापा विद्रोह, सुखानी हत्याकाण्ड, टिम्बुरबोटे काण्ड, पिस्कर हत्याकाण्ड आदि इत्यादि प्रकरणमा नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताले ज्यान गमाउनुप¥यो ।
२०४६ सालमा निरंकुश शासन व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्र आयो । यो व्यवस्था परिवर्तनको पछाडि राजनीतिदलका नेतागण र सर्वसाधारणको ठूलो योगदान, त्याग, तपस्या र दुःख र वलिदान भएकोमा दुईमत छैन । राजनीतिक इन्कलावमा जनताका छोराछारी शहिद भए । हजारौंले मृत्युवरण गरे । हजारांै घाइते, अपांग तथा वेपत्ता भए । तथापि प्रजातन्त्रका लागि संघर्ष गरे । यो संघर्षका पछाडि देश र जनताको अवस्था बद्लिने छ भन्नेमा समाजले आशा गरेको थियो । किन्तु, राजनीतिक दलकै अकर्मण्यताका कारण जनताको आशा र भरोशामा तुषारापात भयो । विकास र सुशासनले गति लिन सकेन । नेपाली समाजमा दुःख र पीडा थपिँदै गयो ।
राजनीतिक लडाइँकै क्रममा २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरे । माओवादी चेलाले यो युद्धमा नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक, अविकास, पिछडापन, जातीय, लैंगीय, वर्गीय विभेदलगायतका समास्यालाई राजनीतिक एजेन्डा बनाएर समाजमा वितण्डा मच्चाए । उनीहरूका एजेन्डालाई समाजको एउटा वर्गले पत्यायो । विश्वास ग¥यो र साथ सहयोग दियो । १० वर्षसम्म चलेको यो युद्धमा १७ हजार मानिसको ज्यान गयो । ठुलो संख्यामा कति घरवारविहिन र परिवार विहिन । यो राजनीतिले समाजमा ठुलो पीडा दियो । विकास अवरोध भयो । माओवादीहरूले धर्म, संस्कृति र सामाजिक संस्कारहरूमा प्रहार गरे । सामाजिक सद्भाव विथोलियो । विभिन्न राजनीति क परिघटनाहरू पश्चात माओवादी शान्तिपूर्ण राजनीति मा आए पछि नयाँ नेपाल बनाउने शब्दजालमा दलका केही टाठाबाठाले राजनीति कलाई पद र पैसा आर्जनको माध्यम बनाए । सर्वहारावर्गका केही अपवादबाहेकको नेतृत्व पक्ति धन र मनको फोहरी खेलमा लाग्यो । मुलुकको कुनै पनि क्षेत्रमा सुधार हुन सकेन । यो राजनीतिले सिर्जना गरेको सामाजिक पीडा होइन ?
अहिले समाजमा सदियौंदेखि जरा गाडेर रहेका जातीय, लैंगीय, वर्गीय पिछडापन जस्ता समस्या ज्यूँका त्यूँ छन् । गरिबी, बेरोजगार र भ्रष्टचारले नेपाली समाजलाई गाँजेको छ । देशमा शिक्षालय खुलेका छन्, गुणस्तरीय शिक्षा छैन । अस्स्पतालहरूसाहरमुखी छन् । महँगीले जनताको ढाड सेकेको छ । सार्वजनिक सेवा प्रभावकारी छैन । उत्पादन घट्दो छ । वैदेसिक ऋण बढ्दो छ । देशको पुनर्संरचनाका नाममा अनावश्यक प्रान्तीय सरकार बनाएर सयौंको संख्यामा सांसदको पद सिर्जना गरिएको छ । राजनीति दलमा मौलिक सिद्घान्त, निष्ठा, जवाफदेहिता र जिम्मेवारीबोध छैन । नेतृत्वले नागरिकहरूलाई उत्तेजित बनाउने, सपनाहरू बाँड्ने र आप्mनो स्वार्थसिद्घ गर्ने काम गरेका छन् । युवाहरू रोजगारीको लागि विदेश पलायन भएका छन् ।
राजा निरंकुश हुन्छन् भन्ने स्कुल अफ थटलाई बिर्सने होभने राजा महेन्द्रले देशको हितमा ठुलो काम गरेको इतिहास साक्षी छ
देशमा विकास र सुशासन हुन्छ कि भन्ने आशाले नागरिकले सबै दलहरूलाई पालैपालो नेतृत्वमा पुग्ने अवसर पनि दिएर हेरे । जुन जोगी आए पनि कानै चिरेका भनेझैं कुनै पनि दलको नेतृत्वपंक्तिमा समय, परिस्थति र जन चाहाना बुझेर कामगर्न सक्ने क्षमता देखिएन । देशको सबैभन्दा जेठा दल कांग्रेस मियोबिनाको दाईजस्तो अवस्थामा छ । स्वार्थगत गुट र उपगुटमा विभाजित छ । एमाले मदन भण्डारी, मनमोहन अधिकारी जस्ता लोकप्रिय नेताको शाखमा राजनीति गरिरहेको छ । आपूmलाई राजनीतिक एजेन्डाको मालिक भन्न रुचाउने माओवादी जग नभएको घरजस्तोे छ । राजनीतिक एजेन्डामा अग्ररूपमा देखिएतापनि देशको विकास र विधिको शासनमा अत्यन्त कमजोर दलका रूपमा रहेको छ । उल्लेखित प्रमुख दलको कुसंस्कार र दुष्कर्मको उपजका रूपमा जन्मिएका नयाँ दल सत्ता र भत्ताका लागि जे जस्तो कार्य पनि गर्न उद्दत देखिन्छन् । यस्तो राजनीतिक अवस्था, संस्कार र कार्यले समाजमा विकास र समृद्धि कसरी सम्भव हुन्छ ?
नेतृत्वले साँच्चै नै देशमालाई विकास र सशासनमा अगाडि बढाएको भए २०४६ साल पछाडि न त संविधानले छेकेको थियो ? न त राजनीतिक प्रणालीले । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं देश विकासगर्ने इच्छाशक्ति, भिजन र मिसन भएको भए यस्तो प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको देशमा विकास गर्न केही समस्या थिएन । ०५२ साल पछाडि जन्मीएका राजनीतिक दलमा नयाँ राजनीतिक प्रयोगभित्र आप्mनो स्पेस बनाउनुभन्दा बढी केही पनि देखिँदैन । अहिले देश नयाँ संविधान २०७२ अन्तर्गत चलेको छ । दलले आपूmले चाहेको राजनीतिक प्रणाली स्थापित गरेका छन् । देश विकास गर्न केले राक्यो ? यो संविधानका कुन धारा वा उपधाराले अवरोध गरे ? दलमा देश बनाउने नियत भएको भए एक सदनीय प्रत्यक्ष निर्वाचित व्यवस्था पिकाको व्यवस्थागरी प्रान्तीय संरचनालाई खारेज गर्दै स्थानीय तहलाई अझै बलियो बनाएर विकास गर्ने थिए । राजनीतिक रूपमा यही नै आजको आवश्यकता हो । तर, दलले यसो गर्दैनन् ।
राजनीतिक दलले गम्भीर भएर सोच्ने बेला आएको छ । बर्बराएर देश विकास हुन सक्दैन । भाषण र शब्द प्रहारले देश बद्लिँदैन । नेपाली जनताले राजनीतिक परिवर्तन मात्र चाहेका थिएनन् । विकास चाहेका थिए । दलले समाजवाद, माक्र्सवाद, लेलिनवाद, माओवाद अथवा वादबिनाको स्वतन्त्रतावाद जे भनेतापनि नेपाललाई चाहिएको विकासवाद हो । आर्थिक समृद्घि हो । रोजगारको अवसर हो । दर्शनले देशको विकास हुन सक्दैन । तसर्थ, अब उप्रान्त राजनीतिक नेतृत्व समाजको पीडाको स्रोत नबनोस् । जनताको सुख, शान्ति र विकासको स्रोत बनोस् । समाजमा रहेको गरिबीको मुक्तिदाता बनोस् ।