Saturday, June 6, 2020
Home खेल प्रिमियर लिगबारे शुक्रबार निर्णय हुने

प्रिमियर लिगबारे शुक्रबार निर्णय हुने

लन्डन । युरोपियन फुटबलको सर्वाेच्च निकाय –यूईएफए)ले यो सिजनको इंग्लिस प्रिमियर लिग मे महिनामा सुरु गरेर जुलाईमा सक्ने योजना अघि सारेको छ । बेलायती अनलाइन पोर्टल डेली मेलका अनुसार लिग मेमा सुरु गर्ने अनि जुलाई १२ भित्र सक्ने लक्ष्य छ । लिगका खेलहरू क्लोज डोरमै खेलाउनुपर्नेछ । यस योजनाबारे शुक्रबार प्रिमियर लिगका २० क्लबसँग भिडियो कन्फरेन्स हुने भएको छ ।

टेलिभिजन राइट्सलाई मध्यनजर गर्दै प्रिमियर लिगले यो नयाँ योजना अघि बढाएको हो । यसअघि यूईएफएले जुन अन्तिमसम्म सिजन सक्ने तयारी थालेको थियो । तर, क्लबहरूले पाँच दिनको अन्तरमा तीन खेल खेल्नुपर्ने भएपछि यूईएफए यो निर्णयबाट केही पर हटेको थियो । जुलाईमा लिग सकिने र अगस्टमा अर्काे सिजन सुरु गर्ने योजना बनाएको छ । यसअघि सिजन मे महिना सकिने र त्यसपछि खेलाडी सरुवा बजार खुल्ने तालिका रहने थियो ।

कोरोना भाइरस महामारीको कारण अहिले फुटबलसहित विश्व खेलकुद गतिविधि शून्य अवस्थामा छ । युरोकप, कोपा अमेरिका र ओलम्पिकजस्ता ठूला प्रतियोगिता एक वर्षपछि सरिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभावका कारण मार्च पहिलो सातादेखि खेल हुन सकेको छैन । युरोपका क्लब फुटबलका लोकप्रिय लिगहरू इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान, जर्मन बुन्डेस लिगासँगै यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग अप्रिल ३० सम्मलाई स्थगित छ ।

यसका लागि सरकारले र जनस्वास्थ्यसम्बन्धी निकायले अनुमति दिनुपर्ने उल्लेख छ । कोरोना भाइरसका कारण देश नै सटडाउन भएको अवस्थामा आर्थिक समस्याबाट बच्न पन यो योजना ठीक हुने जनाइएको छ । प्रिमियर लिगको ब्रोडकास्टिङ राइट्सलाई मध्यनजर गरेर यो नयाँ योजना ल्याएको हो । वर्षको तीन विलियन पाउन्डमा प्रिमियर लिगको ब्रोडकास्टिङ राइट्सको सम्झौता गरिएको छ ।

त्यो सम्झौता जुलाई ३१ मा सकिँदै छ । ब्रोडकास्टरले प्रिमियर लिगलाई सक्दो चाँडो यसबारे क्लियर हुन दबाब दिइरहेको छ । टिभीसँगको सम्झौताअनुसार यस सिजन जुलाईमा जसरी नै सक्नुपर्नेछ । यदि लिग फेरि सुरु भएन भने स्काइ स्पोर्ट्सलगायत अरु ब्रोडकास्टरले प्रिमियर लिगसँग ७६२ मिलियन पाउन्ड माग्न सक्नेछ । यदि जुलाईसम्म लिग सकिएन भने ब्रोडकास्टरहरूले रकम माग्न सक्नेछन् ।

प्रिमियर लिगको २९औं चरणको खेल जारी रहँदा लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक पुगेको थियो । लिभरपुललाई उपाधि जित्नका लागि केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । प्रिमियर लिग हुन नसकेको अवस्थामा केही क्लबले लिभरपुलाई उपाधि सुम्पनुपर्नेसमेत बताएका छन् । तर, लिभरपुललाई कम्तीमा पनि १४ क्लबको बहुमतको आवश्यकता रहने बताइएको थियो ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार बढी

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १...

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)