सहारा पुरस्कार पुनलाई

पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि २५ हजार ५ सय ५५ साथमा सम्मानपत्र छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिस आधारमा सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । डेढ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील पुन हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य तथा नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव हुन् ।

सहारा क्लब स्थापनाको रजत जयन्ती अवसरमा शनिबार आयोजना हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले