एकै पल्टमा साक्षी र सुशान्त

काठमाडौं ।  गायक आनन्द कार्की र गायिका मिलन नेवारको  एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा  प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ । 

गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् । 

र्‍याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

सन्त भाेजन : महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट आइपुगेका साधुसन्त भाेजन गर्दै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरेको छ । तस्विर/रासस

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी