नेपालमा थप्रै चलचित्रहरू निर्माण हुने गरेका छन् । तर, पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । प्रदर्शनमा आएका एक दर्जन जति चलचित्रले मात्र आफ्नो लगानी उठाउन सकेको र आधा दर्जन जति चलचित्रले मात्र नाफा कमाउन सकेको सरोकारवाला बताउँछन् । २०७९ सालमा लगभग ५७ चलचित्रहरू प्रदर्शन भएका थिए । ती चलचित्रहरूले बक्स अफिसमा ७६ करोड जति ग्रस कलेक्सन गरेको सरोकारवाला बताउँछन् । २०७९ सालको चलचित्रको व्यापारलाई हेर्ने हो भने घाटाको व्यापार मान्न सकिन्छ । तर, पनि चलचित्र निर्माण गर्नेहरूको कमी भने छैन ।
देशमा वर्षमा लगभग सयवटा नेपाली चलचित्र निर्माण हुने गरेको सरोकारवालाहरू बताउँछन् । चलचित्र क्षेत्रमा वर्षमा १ अर्बभन्दा बढीज्ञ लगानी हुने गरेको पनि सरोकारवालाहरू बताउँछन् । चलचित्र क्षेत्र पनि उद्योगका रूपमा विकास र विस्तार भए यसले देशको आर्थिक क्षेत्रमा पनि टेवा पुग्ने देखिन्छ । तर, चलचित्र क्षेत्रले लगानीअनुसारको प्रतिफल भने लिन सकिरहेका छैनन् चलचित्र निर्माणकर्मीले । तर, पनि कलाकारदेखि सञ्चारकर्मीले समेत चलचित्रमा लगानी गरिरहेका छन् । देशका वरिष्ठ भनिने पत्रकार सञ्चारकर्मी पनि चलचित्र निर्माण निर्देशनमा लागेका छन् । यसमा टेलिभिजन च्यानलमा सबभन्दा बढी अन्तर्वार्ता लिने भनेर भन्ने गरेका सञ्चारकर्मी वरिष्ठ पत्रकार ऋषि धमला पनि चलचित्र निर्मातामा परेका छन् । पत्रकार धमलाले आफ्नी पत्नीलाई चलचित्रको नायिका बनाउन चलचित्रमा लगानी गरी निर्माता भएका थिए । पत्रकार धमलाले आफ्नी पत्नी एलिजा गौतम धमलालाई नायिका बनाउन चलचित्र अनुरागको निर्माण गरेका थिए तर चलचित्र व्यापारको हिसाबले चिट खायो चलचित्रले राम्रो व्यापार गर्न सकेन चलचित्र नराम्रोसँग असफल भयो ।
नातावादको माखेसांलोमा निर्मित चलचित्र ‘फ्लप’ हुँदै गएका छन्
अब फेरि पत्रकार धमलाले आफ्नी पत्नी एलिजालाई नायिकामा निरन्तरता दिलाउन चलचित्रको निर्माण गर्लान् त । त्यसो त आफन्तका लागि चलचित्रमा लगानी गर्ने पत्रकार धमला मात्र होइनन् । कलिउडमा थुप्रै कलाकर्मीहरू छन् आफन्तका लागि चलचित्रमा लगानी गर्नेहरू । पछिल्लो समयमा देशमा चलचित्रको निर्माण गर्ने बढिरहेका छन् । पछिल्लो समयमा नेपालमा खस भाषाका चलचित्रहरू निर्माण भइरहेका छन् त्यसैगरी अरू विभिन्न आदिवासी जनजातिका मातृभाषामा पनि थुप्रै चलचित्रहरू निर्माण हुने गरेका छन् । त्यसो त चलचित्र क्षेत्रलाई उद्योग र व्यापार व्यवसायका रूपमा लिने गरिन्छ । तर, पनि कतिपयले चलचित्र निर्माणलाई रहर र शौखका रूपमा पनि लिने गरेको पाइन्छ भने कतिपयले आफन्तलाई कलाकार बनाउन नायक–नायिका बनाउन निर्देशक बनाउन चलचित्रमा प्रवेश गराउन पनि लगानी गरी चलचित्र बनाउने प्रवृत्ति बढ्दै गएको छ भन्दा पनि फरक नपर्ला ।
नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै निर्माताहरू छन् । विगतका ४० दशकका चर्चित नायक भुवन केसीले पनि आफ्नी पत्नी सुष्मिता केसीलाई नायिका बनाउन चलचित्रमा लगानी गरी चलचित्र निर्माण गरेको थियो । नायक भुवन केसीले चलचित्र करोडपति निर्माण गरी आफ्नी पत्नी सुष्मिता केसीलाई नायिकामा देब्यु गरेको थियो । त्यसो त नायिका सुष्मिता केसीलाई आफ्नो होम प्रडक्सनको चलचित्रमा मात्र अभिनय गर्ने नायिका भनेर पनि त्यस बेला चर्चा चल्ने गरेको थियो ।
विगत ४० को दशकमा लोकप्रिय एक्सन नायकका रूपमा चर्चित नायक शिव श्रेष्ठले पनि आफ्नो छोरालाई नायक बनाउन चलचित्र निर्माण गरे । नायक शिव श्रेष्ठले अफ्ना छोरा शक्ति श्रेष्ठलाई नायक बनाउन चलचित्रमा लगानी गरेका थिए । त्यसैगरी, विगतकी चर्चित नायिका निर्माता निर्देशक झरना थापाले पनि आफ्नी छोरी सुहाना थापालाई नायिका बनाउन चलचित्र ‘ए मेरो हजर–३’को निर्माण गरिन् । त्यसैगरी हास्य कलाकार टेलिभिनमा राता मकै उपनामले चर्चित कलाकार किरण केसीले पनि आफ्नो छोरा सुदन केसीलाई निर्देशक बनाउन चलचित्र दालभात तरकारीको निर्माण गरे ।
तर चलचित्र दाल, भात तरकारी चलेन । त्यसैगरी विगतका खलनायक निर्माता निर्देशक अशोक शर्माले पनि आफ्नो छोरा अंकित शर्मालाइ नायक बनाउन चलचित्र रातो टीका निधारमाको निर्माण गरे । त्यसो त नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउड र हलिउडमा पनि चलचित्र क्षेत्र नातावादमा नै चलेको छ भन्दा पनि फरक नपर्ला । चलचित्र क्षेत्रलाई नातावादले जरा गाडेको छ भन्दा पनि हुन्छ ।
विगतमा ४० को दशकमा नै आफ्नो छोरा विजय लामालाई नायक बनाउन हेम लामाले चलचित्र आदर्श नारी निर्माण तथा निर्देशन गरेका थिए । त्यस बेला नायक विजय लामालाई बाबुले बनाएको चलचित्रमा नायक भएको भनेर भन्ने गरिन्थ्यो । नेपाली चलचित्र निर्माण भएको पनि पाँच दशक भइसक्यो अहिलेसम्म पनि यस्तै प्रवृत्तिले निरन्तरता पाइरहेको छ नेपाली चलचित्र क्षेत्रमा ।
नेपाली चलचित्रमा आफन्त प्रवेश गराइएका थुप्रै कलाकारहरू चलचित्र क्षेत्रमा छन् । नेपाली चलचित्र क्षेत्रमा दुई दशकसम्म एकछत्र राज गरेका नायक राजेश हमाललाई पनि चलचित्र निर्देशक मामा स्व. दीपक रायमाझीले चलचित्रमा नायक बनाएका थिए । चलचित्र युगदेखि युगसम्ममा राजेश हमालले नायकमा देब्यु गरेका थिए । त्यसैगरी स्व. दीपक रायमाझीले नै अर्का आफ्नो भान्जा किरणप्रताप केसीलाई चलचित्रमा देब्यु गरेका थिए तर नायक किरणप्रताप केसी भने चलचित्रमा सफल हुन सकेनन् । नायक गजिट विष्टले पनि आफ्नो आठ वर्षका छोरा सौगाद विष्टलाई निर्देशक बनाउन चचित्रल निर्माण गरेका थिए ।
त्यसैगरी, आफ्नो भतिजा आर्यन अधिकारीलाई नायक बनाउन निर्देशक आकाश अधिकारीले चलचित्र निर्माण निर्देशन गरेका थिए भने विगतमा थुप्रै चलचित्र निर्माण गरिसकेका निर्माता शेखर कोइरालाले पनि आफ्नो छोरा संयोग कोइरालालाई चलचित्रको नायकमा देब्यु गराका थिए । कतिपयले त आपूm नायक बन्नका लागि आफंैले लगानी गरी चलचित्रमा नायक भएकाहरू पनि उदमरण पनि नेपाली चलचित्र क्षेत्रमा छन् ।
चलचित्रमा कलाकार बन्न आधारभूत तालिम, प्रतिभा, सुन्दरता, अभिनय र क्षमताको आवश्यक पर्दछ
विगतमा आफ्नी छोरीलाई नायिका बनाउन स्व. सुशीला रायमाझीले खलनायक पवन मैनालीसँग मिलेर चलचित्र निर्माण गरेको थियो । अभिनेत्री स्व. सुशीला रायमाझीले चलचित्र पिंजडामा आफ्नी छोरी प्रसिद्धिका रायमाझीलाई नायिकामा देब्यु गरेकी थिइन् । तर, नायिका प्रसिद्धिका रायमाझीले पिंजडा पछि चलतित्र धनवानमा नायिका भएर अभिनय गरेपछि चलचित्र क्षेत्रबाट नै हराइन । आफन्तले निर्माण गरेको चलचित्रमा अभिनय गरेका र आफन्तले लगानी गरी चलचित्रमा प्रवेश पाएका धेरैजसो कलाकारले चलचित्रमा निरन्तरता भने दिन सकेनन् यस्ता धेरैजसो कलाकार एकदुई चलचित्रमा मात्रै सीमित भए ।
आफन्तले चलचित्रमा कलाकार बनाएका कलाकारमा चलचित्र कस्तुरीका नायक अजयशेखर चलचित्र आँधीबेरीका नायक विनोद खरेल चलचित्र सोह्र वर्षे जोवनकी नायिका ईश्वरी प्रधान चलचित्र सकली नकलीकी नायिका नुतन प्रधान चलचित्र लाहुरेका नायक श्रवण घिमिरे चलचित्र समयका नायक बिकी मल्ल चलचित्र नथिंग इम्पोसिवलको नायक जर्जी खड्गी चलचित्र के भो लौन नि की नायिका अनुपमा प्रसाई कोइराला चलचित्र टिचरकी नायिका सलिना बस्नेत चलचित्र सो सिम्पलकी नायिका भावना रेग्मी आदि थुप्रै कलाकारले चलचित्रमा निरन्तरता दिन सकेनन् चलचित्र क्षेत्रमा स्थापित हुन सकेनन् । एकदुई चलचित्र पछि कता हराए कता हराए ।
नेपाली मात्र नभई चलचित्रको संसारमा नै नातावादले जरा गाडेको छ भन्दा पनि फरक नपर्ला चलचित्र क्षेत्रमा आफन्त हुनेहरूले सजिलै चलचित्रमा प्रवेश पाउन सक्छन् । चलचित्र निर्माण निर्देशन गरिरहेका आफन्त हुनेहरूका लागि चलचित्रमा प्रवेश गर्न त्यति गाह्रो छैन । तर, चलचित्र क्षेत्रमा आफन्त नहुनेहरूका लागि भने आफूसँग प्रतिभा सुन्दरता अभिनय क्षमता तालिम भए पनि पनि चलचित्रमा प्रवेश गर्न संघर्ष गर्नुपर्ने हुन्छ । यसकारणले पनि होला चलचित्रमा प्रवेश गर्न आफंैले लगानी गर्ने गरेको होला त्यसो त चलचित्रमा आफन्तहरू नहुने र चलचित्रमा लगानी गर्न नसक्नेका लागि त चलचित्रमा नायिका बन्नका लागि निर्माता निर्देशकसँग सम्झौता गर्नुपर्छ भनेर पनि चलचित्रको क्षेत्रमा चर्चा हुने गरेका छन् । यस्ता चर्चा कलिउडमा मात्र नभई बलिउड हलिउडमा पनि हुने गरेका छन् ।
चलचित्रको संसारमा नै यस्तो हुने गरेको बताउँछन् सरोकारवालाहरू । सबैजसो नवप्रवेशी नायिकाले आपूm चलचित्रमा नायिका बन्न अडिसन दिएर अडिसन पास गरेरै नायिका बनेको भनेर मिडियामा गफ दिन्छन् । नेपालमा चलचित्र क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा नातावाद कायमै छ । चलचित्र क्षेत्र र राजनीतिकमा नातावादले जरा नै गाडेको छ । राजनीतिमा पनि नेताहरू आफ्ना पत्नी छोरा–छोरी भाइ बुहारी ज्वाइँ सालासाली सबैलाई मन्त्री सासद मेयर बनाउन पट्टि लागेका हुन्छन् ।
चलचित्र क्षेत्रमा आफन्त हुनेहरूले त्यसको लाभ लिन नहुने आफन्तलाई कलाकार बनाउन चलचित्रमा लगानी गर्न हुँदैन र लगानी गरी कलाकार बन्न हुन्न भन्ने पनि छैन । तर, चलचित्रमा कलाकार बन्न आधारभूत तालिम प्रतिभा सुन्दरता अभिनय क्षमताको पनि आवश्यक पर्दछ । वर्षमा अर्बांै लगानी हने गरेको र देशको अथतन्त्रसँग जोडिएको चलचित्र क्षेत्रलाई हल्लाका रूपमा लिन नहने भनाइ रहेको छ सरोकारवालाको ।