स्याङ्जाका टोल—टोलमा तिजको रौनक

स्याङ्जा । नेपाली महिलाहरुको पर्व हरितालिका तिजले स्याङ्जामा रौनकता छाएको छ । हरेक टोल—टोलदेखी विभिन्न पार्टी प्यालेस सम्म महिलाहरुको समुह तिजको रौनकतामा रमाएका छन् । विभिन्न आमा समुह, टोल विकास संस्था, युवा क्लव, शैक्षिक संस्था, उद्यमी महिला समिति देखी स्थानीय सरकार समेत तिज मनाउन व्यस्त रहेका छन् ।

परम्परागत तिजको मौलिकता हराएको भन्दै बृद्धबृद्धाहरुले चिन्ता मानिरहेका बेला तिजको महत्व र मौलिकता जोगाउन भने स्थानीय सरकारहरु लागेको देखिन्छ । तर केही महिला समुहहरु भने तिजलाई भड्किलो बनाउने तर्फ पनि लागेको स्याङ्जामा देखिएको छ ।

एकबर्ष सम्मको दुखसुखका बिषयमा गित मार्फत बेदना पोख्ने चलन अहिले हराउदै जान थालेको गण्डकी प्रदेश सांसद कल्पना तिवारी बताउछिन् । ‘अरुले उत्पादन गरेको संस्कृतिमा भन्दा आफ्नै मौलिकतामा रमाउनुपर्छ’ उनले भनिन्,‘पुरानो संस्कृति हराउदै जादा तिज भड्किलो बन्न पुगेको छ ।’ यस्तो क्रियाकलापलाई निरुत्साही बनाउनु आवश्यक देखिन्छ उनले भनिन् । महिलाहरुको हरेक अधिकारलाई सुनिश्चित गर्ने आन्दोलनको रुपमा पनि यो पर्वलाई लिनुपर्ने सांसद तिवारीको भनाई छ ।

होटल र पार्टी प्यालेसमा दर खाने प्रचलनले सामान्य परिवारका महिलाहरुलाई भने यो पर्वले खासै खुशी बनाएको देखिदैन । माइत जाने, माइतीको आगनीमा नाच्ने, रमाउने प्रचलनले नेपाली महिलाहरुलाई समानता दिलाएको थियो । तर अहिले एक महिना देखी दर खाने प्रचलनले गरिबीको रेखामुनी रहेका परिवारलाई भने यो पर्वको महत्व नदेखिएको स्थानीय समाजसेवी महिला शान्ता थापाको भनाई छ ।

‘सबै रम्ने, सबैको अपनत्व हुने गरी यो पर्व मनाउनु पर्छ’ उनले भनिन्,‘कुनै महिलामा रमाइलो र कुनै महिलामा चाडको महशुष हुन नपाउनु राम्रो भएन ।’ त्यसैले यसलाई पुरानै शैलीमा फर्काउन नेपाली महिलाहरु नै लाग्नुपर्छ उनले भनिन् । पुरानो संस्कृतिलाई जर्गेन ागर्न सकिएन भने भावी पुस्ताका छोरीहरुमा अझै तिजको महत्व बुझ्न कठिन हुने थापाको बुझाई छ ।

११ पालिका रहेको स्याङ्जामा सबै स्थानीय सरकारहरु तिजको मौलिकता जोगाउन लाग्नुपर्ने अगुवा महिलाहरु बताउछन् । अहिले भीरकोट नगरपालिकाले वडास्तरीय तिज गित प्रतियोगिता राखेर तिजको परम्परागत र मौलिकतालाई जोगाउन खोजिरहेको देखिन्छ । ‘तिज नेपाली महिलाहरुको महत्वपुर्ण चाड हो भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले भनिन्,‘यो चाडले दिन खोजेको सन्देश हराउदै जान थालेको छ ।’ महिलाका बेदनालाई समाजमा उर्तान नगरपालिकाले वडा अनुसार प्रतियोगिताको सुरुवात गरेका छौं उनले भनिन् । महिलाले आफै लय, गित संकलन गर्ने, आफै गाउने र नाच्ने बजाउने गरी प्रतिस्पर्धामा ल्याएको उपप्रमुख अर्यालले बताइन् । जसले भावी पुस्तालाई सहयोग गर्ने र तिजको मौलिकता जोगिने विश्वास लिएको उनको भनाई छ ।

तिजलाई भड्किलोबाट र महङ्गी बनाउनबाट रोक्न महिलाहरु नै अग्रसर हुनुपर्ने देखिन्छ । वर्तमान अवस्थामा यो पर्व सामान्य परिवारका लागि भन्दा मध्यम र धनी वर्गलाई मात्रै आएको स्याङ्जामा देखिन्छ । परम्परागत भन्दा मौलिकतामा ध्यान दिएर वास्तविक तिज जोगाउन लाग्नुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी