रोपियो फूल कोपी फल्यो तरुल

इलाम । इलाम नगरपालिका वडा न चारका एक किसानले एक हजार भन्दा बढी झाङ फूल कोपीका बिरुवा रोपे । फूल कोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने तयारी साथ कोपीको स्याहार सुसार गरे तर कोपी फुलेन ।

वडा नं. चारको कार्की गाउँका भोजबहादुर कार्कीले रोपेको कोपी नफुलेपछि उखेलेर हेर्दा जरा तरुल जस्तै ठुलो भएको पाइयो । कार्कीले आफ्नो फाममा फूल कोपी भनेर रोपे तर फुलेन उखेलेर हेर्दा तरुल जस्तो फले पनि वडा कार्यालय र नगरपालिकामा सम्म गुनासो राखे । अनुसन्धानका लागि पठाइए पनि अहिलेसम्म के कारण यस्तो भएको भन्ने कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

इलाम नगरपालिका चारका वडाध्यक्ष नूतन देव दुलालले कोपी नफुलेर जरा तरुलजस्तो भएपछि समस्या पत्ता लगाउन कृषि ज्ञान केन्द्र, कृषि शाखा पुर्याएपनि अहिले सम्म केही नआएको बताउँछन् । पछिल्लो समय माटोको पोषक तत्वको कारण पनि यस्तो हुन्छ भनेर कृषि प्राविधिकहरू बताउने दुलालको भनाई छ । उनले कृषि ज्ञान केन्द्रमा अध्ययन अनुसन्धान गछौ भने पनि अहिलेसम्म कुनै रिपोट पेस नभएको हुँदा के कारणले यस्तो भयो भनेर भन्न नसिकिने बताउँछन् ।

यता कृषि ज्ञान केन्द्रका प्रमुख टोनि वर्देवा अहिले सम्म अध्ययनका लागि कार्यालयमा कुनै जानकारी नभएको भन्दै बिरुवाले फल दिनुको सट्टा जरामा गाठागुँठी आउनु माटोको अम्लीय पनको कारण यस्तो समस्या हुने बताउँछन् ।

‘धेरै ठाउँमा गाँठे रोगको कारण बिरुवाले उत्पादन नदिने र जरामा गाँठा गुँठी पलाउने समस्या भइरहेको भन्दै त्यहाँको माटो परीक्षण गरेपछि मात्रै के हो भन्ने आधिकारिक हुन्छ’ उनले भने, यसको लक्षण सुन्दा अम्लीयपनको कारण यस्तो समस्या देखापर्छ’ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता