बालिका बिक्री गर्न लैजाने ३ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका– ६ जलजले चेक पोष्टमा खटिएका ईलाका प्रहरी कार्यालय जलजलेका टोलीले चेक जाँचको क्रममा शंका लागि नियन्त्रणमा लिएको हो ।

गाईघाटबाट सिराहाको लहान तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ –०२–२२ प ५०१० नम्बरको मोटरसाईकलको पछाडी राखि १५ वर्षिय बालिकालाई लिएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागि चेक जाँचको क्रममा बालिकालाई ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गरेको खुलेका हुन ।

प्रहरीले मोटसाईकल सहित सिराहाको साबिक सोनावती मझौला गाउँपालिका–८ अहिले लहान नगरपालिका– १९ का २८ वर्षिय सतिशकुमार यादब, त्रियुगा नगरपालिका– १० का ब्रोदर्श रेष्टुरेन्टको मालिक २७ वर्षिय अनिल शिवा समेत ३ जनाको संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा उदयपुर जिल्ला अदालतबाट ७ दिनमो म्याद थप गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । बालिकालाई बिभिन्न प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा चेक जाँचको क्रममा पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी