आज संविधान दिवस

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

६ सय ७० जनाको सजाय माफी मिनाहा
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुनेगरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साबिकको नियम १ र १ क.लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–डब्लूओ–०९३९ र रिट नम्बर ०७९–डब्लूएच–०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४ सय ९७, हर्कबहादुर लिम्बुसमेत १ सय ७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत तीन जना गरी जम्मा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०-०५-२९ को बैठकको सिफारिसबमोजिम २०८०-०६-०३ गतेदेखि लागू हुनेगरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु