काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको संस्कृति संरक्षणमा राज्यका प्रमुख अँगहरु सकरात्मक रहेको बताएका छन् । संविधान दिवसको अबसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ अन्तरक्रिया कार्यक्रममा मन्त्री किरातीले यो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री किरातीले संस्कृति जीवन बाच्ने माध्यम भएको बताउँदै संस्कृतिको संरक्षण गर्न पहिला संस्कृतिको जरासम्म पुग्नुपर्ने भनाई राखे,‘नेपालको छवी अन्तराष्ट्रिय मञ्चमा पु¥याउन मौलिक किसिमको गीत सङ्गीत तथा कलाको सिर्जनामा लाग्न सर्जक तथा संस्कृतिकर्मीलाई हाम्रो अनुरोध छ ।’ किरातीले भने ।
राज्यका प्रमुख अङ्गहरु न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखहरुको श्रव्य दृष्य धारणा सो कार्यक्रममा प्रस्तुत गरिएको थियो । प्रधान न्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीहरुको भूमिका उल्लेख्य रहेको बताए ।
कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तामछलीले मुलुकको संस्कृति सँरक्षणबाटै देशको मौलिकता जोगिने जिकिर गरे । उनले जनतामाझ संस्कृतिको परिचय, समाज निर्माणमा संस्कृतिकर्मीको भूमिकाका र संस्कृतिका नाममा सामाजिक विकृतिलाई उजागर गर्न यस्ता कार्यक्रम गरिरहनु पर्ने उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले मानिस एक सांस्कृतिक प्राणी भएकाले मौलिक संस्कृति सँरक्षणमा सबै लाग्नु पर्ने बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले संस्कृति जोगाउनु सबैको दायित्व भएकाले आफुहरुले राज्यका अङ्गहरुलाई घचघच्याएको बताईन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले राज्यले संस्कृति र संस्कृतिकर्मीहरुको संरक्षण र संवद्र्धनमा विशेष ध्यान दिनुपछ भने ।
वरिष्ठ समालोचक निनु चापागाईं, साहित्यकार इश्वर चन्द्र ज्ञवाली, सामाजिक अभियन्ता युग पाठकले संस्कृति संरक्षणमा राज्य त्यति गम्भिर नभएको बताए । संस्कृति क्षेत्र आर्थिक उपार्जनको हिसावले उपयुक्त नभएको राज्यको दृष्टिकोण रहेको पनि उनीहरुले बताए ।