शशिकला स्मृति पुरस्कार राजधानीकर्मी भण्डारीलाई

इलाम । शशिकला स्मृति पुरस्कार’ २०८० बाट राजधानी दैनिकका इलाम संवाददाता भगीरथ भण्डारीसहित दुई जना पुरस्कृत भएका छन् । शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी पुरस्कृत भएका हुन ।

संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध छन । भण्डारी हाल काठमाण्डौबाट प्रकाशित राजधानी दैनिकको इलाम संवाददाता, इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक र सन्दकपुर अनलाइनको सम्पादक, धरानबाट प्रकाशित कोशी पत्र दैनिक इलाम संवाददाताको रुपमा कार्यरत छन् ।

इलामको सन्दकपुर दैनिक पत्रिकाबाट पत्रकारिता थालेका उनले जनता र नेपाल नेट्वर्क टेलिभिजनमा इलाम संवाददाताको रुपमा अनुभव लिईसकेका छन । त्यस्तै प्रतिस्ठानले इलाममा नाटक क्षेत्रमा कलम चलाउने त्यस्तै प्रतिस्ठानले चेतन आङथुपोलाई पुरस्कृत गरेको छ । नाटक लेखनमा क्रियशिल रहेका छन । ग्रामीण क्षेत्रमा बसेरपनि इलामका विषयलाई नाटकको माध्यमबाट कलम चलाईरहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले समाज रुपान्तरणका लागि पत्रकारिता र नाटक लेखनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा हुने भड्किला गतिविधि समाजमा निकै चुनौतीको रुपमा रहेको भन्दै यसलाई चिर्नको लेखनक्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

माओवादी सशस्त्र संघर्षको बेला तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शसिकलालाई २०६० असोज २६ मा तत्कालिन शाही सेनाले इलाम नगरपालिका ३ पुवामझुवाको विडापानीमा गोली हानी हत्या गरेको थियो । आचार्य तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकको रुपमा थिइन् । उनकै नामबाट शहिद स्मृति प्रतिष्ठान इलामले पुरस्कार स्थापना गरेको हो ।

प्रत्येक वर्ष संविधान दिवसको दिन एकजना पत्रकार र लेखकलाई पुरस्कृत गरिने शहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले बताइन् । ‘देश र जनताको निम्ति ज्यानको आहुती दिन शहिदलाई सम्झन र ती शहिदले परिवर्तनका लागि पुर्याएको योगदानलाई जनतामाझ पुर्याउन सहयोग गर्ने उदेश्यले पुरस्कार स्थापना गरिएको हो’, अध्यक्ष घिमिरेले भनिन्, ‘हामीले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छौँ, अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकार र लेखकलाई पुरस्कृत गर्नेछौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित