काठमाडौं । संविधान दिवसको अवसरमा बुधबार काठमाडौंमा एक समारोहबिच साहित्यकार सागर खड्काको पहिलो उपन्यास ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । लेखक बुद्धिसागर, दुर्गा कार्की, क्रिकेटर पारश खड्का र कृतिकार सागर खड्काले पुस्तक लोकार्पण गरेका हुन् ।
अन्धविश्वास र हिंसाले ग्रसित नेपाली समाजका केही पात्रको कथा यो उपन्यासमा उठाएका उपन्यासकार खड्काले कार्यक्रममा बताए । चार वर्षको अनुसन्धान र लेखनपछि उपन्यास तयार भएको पनि उनले जनाए ।
राइपाली भन्ज्याङका विविध कथा र दर्जन रोचक उपकथा समेटिएको पढ्न निकै रोचक रहेको साहित्यकार बुद्धिसागरले बताए । प्रेमकथा लेख्ने उमेरमा सागरले निकै गहन विषयमा यो पुस्तक तयार गरेको भनाइ बुद्धिसागरले कार्यक्रममा राखे ।
लेखक तथा अधिवक्ता दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको भएको जिकिर गरे,‘यो उपन्यासको सबैभन्दा सशक्त पक्ष भाषा हो, यसमा मौलिक भाषाका साथै उत्कृष्ट विम्ब प्रयोग नै उपन्यासको राम्रो पक्ष हो ।’
प्रकाशक संस्था फाइनप्रिन्टका अजित बरालले पनि कथावस्तु पृथक र भाषाका कारण आपूmहरूले यो कृति प्रकाशन गरेको बताए । क्रिकेटर पारख खड्काले कथाकारले आफ्नो समाजको चित्रणलाई उपन्यासमा सिनेमाको दृश्यझंै सशक्त रूपमा प्रस्तुत गरेको बताए । सोही कारण पनि पुस्तक पाठकका लागि रोचक बनेको उनको कथन थियो ।