गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

स्वास्थ्य सेवामा कार्यान्वयन भएका विभिन्न कार्यक्रमको फलस्वपरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २ सय ३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजनन दर २ दशमलव ३ प्रतिमहिला रहेको छ । त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्ष्यमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हाँसिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । १५औं योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

नेपालमा १५औं योजना सफल कार्यान्वयन भएपछि नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ

१५औं योजनाको सफल कार्यान्वयनपछि स्वस्थ, सवल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० प्रतिशत पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

नेपालको संविधान, २०७२ ले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।

यसै सन्दर्भमा विश्व अल्जाइमर दिवसका ’boutमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । अल्जाइमर एक मानसिक रोग हो । यस रोगको प्रभावबाट बिरामीको सोच्न सक्ने, बुझ्न सक्ने, बोल्न सक्ने, काम गर्ने क्षमतामा ह्रास आउँछ । अल्जाइमरको प्रभाव मस्तिष्कमा परी मानिसको व्यवहारमा परिवर्तन हुन्छ । यो रोग सुरुमा रोग लागेको थाहा नै नपाउने हुन्छ र बिरामीले थाहा नै नपाईकन यस रोगले मस्तिष्कलाई असर गरी बिरामीको सामाजिक दायरामा प्रभाव पार्छ । यो रोग लाग्न नदिन स्वच्छ वातावरण तथा शान्तिमय ढंगबाट जीवनयापन गर्ने, सन्तुलित भोजन लिने, शरीरको तौल नियन्त्रण गर्ने, धुम्रपान, मद्यपान सेवन नगर्ने, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्ने, टाउकोमा चोटपटक लाग्नबाट बचाउन आवश्यक हुन्छ ।

स्वास्थ्य संस्थालाई आधुनिक प्रविधियुक्त बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाएर गुणस्तरीय सेवा दिनुपर्छ

अल्जाइमर रोग नियन्त्रणका लागि बौद्धिक गतिविधिमा संलग्न हुने, मानसिक रूपमा आफूलाई व्यस्त राख्ने, शान्तिमय व्यवहार गरी पढाइ, लेखाइ, खेलकुद, सामाजिक क्रियाकलाप, व्यायाम, योग आदिमा सरिक हुनुपर्छ । अल्जाइमर भएको मानिसले खानामा विशेष ध्यान दिनुपर्छ । तिल, सुकेको टमाटर, मखन, चीज, ड्राईफुड, जंकफुड, रातो मासु, पेस्ट्रिज, फर्सी र मिठाई सेवन गर्नहुँदैन । विश्व अल्जाइमर दिवसमाथिको कुरामा जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष २१ सेप्टेम्बर तारिखमा विश्वभर मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाको रूपमा मनाउने चलन पनि छ । यस वर्षको विश्व अल्जाइमर दिवसको नाराले अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौं भन्ने सार तत्व रहेको छ । अल्जाइमरको लक्षण ढिला र लामो समयमा देखिने भएकाले नेपालमा यस रोगको पहिचान निकै कम छ । साथै, सर्वसाधरणमा यो रोग’bout थाहा नहुँदा कयौं मानिसको गुणस्तरीय स्वास्थ्यमा प्रभाव परेको छ । त्यसैले, यस रोगको पहिचान र निराकरणका लागि स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले स्वास्थ्य संस्थाहरूको आधारभूत आवश्यकता र स्वास्थ्यकर्मीको क्षमता विकास गर्नु अतिआवश्यक छ । साथै, विभिन्न स्वास्थ्य संस्था, गैरसरकारी संस्था आदिले स्थानीय सरकारको समन्वयमा विभिन्न सञ्चारमाध्यमबाट यस रोग’bout प्रचारप्रसार गरी जनचेतना फैलाउन आवश्यक छ ।

निष्कर्षमा गुणस्तर स्वास्थ्यका लागि जुनसुकै सरकारी वा निजी स्वास्थ्य संस्थामा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्नु अतिआवश्यक छ । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति स्वास्थ्य संस्थामा हुनुपर्छ । आवश्यक औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । निःशुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ ? सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसे कम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ ।

स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाइ स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । यसो भएमा मात्र हरेक वर्ष मनाइने विश्व अल्जाइमर दिवस, स्वास्थ्य सेवा दिवस तथा स्वास्थ्यसम्बन्धी अन्य दिवसले सार्थकता पाई नागरिकको स्वास्थ्य गुणस्तर हुन मद्दत पुग्ने थियो । यसका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार