मुगु । मुगुको सदरमुकाम गमगढी कालिकामालिका मन्दिरको तलतिरको बीच बजारमा राती १२ बजेतिर आगलागी हुँदा ८ घरसहित ९ वटा पसल जलेका छन् ।
आगलागी हुँदा गमगढी बजारका बासिन्दा पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका पसल, गोदाम जलेर खरानी भएका छन् । तार्के लामा, सोनाम लामा, जङग एैडी, सान्तवना खत्री, पञ्च सेजुवाल, पदमराज मल्ल, प्रदीप रावल र पुतली शाहीलगाएतका घर जलेका छन् ।
पसलहरु जल्दा करौडौ क्षति भएको छ, पसलहरु मम्महत साकिर कवडिया टेलर्स, साजन सलमानीय हेयर कटिङ, शेरबहादुर मल्लको मोवाइल पसल, रुपादेवी बुढाको तरकारी पसल, उदिम भामको होटल, पदमराज मल्लको फेन्सी पसल, लक्ष्मी मल्लको होटल, नरेश शाहीको कम्प्युटर पसल, पुर्णलक्ष्मी मल्लको ग्यास सिलिन्डर गोदाम जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी र नगर प्रहरीले बिहान ४ बजे आगो नियन्त्रणमा लिएका थिए । अग्नि पीडितहरुको रुवाबासी चलेको थियो भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।