एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र अर्यालले पुनः उम्मेदवारी दिने

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट पुनः राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका अर्यालले संघको अक्टोबरमा हुने २०२३–२०२५ कार्यकालको चुनावका लागि पुनः मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २०२३–२०२५ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका हुन् ।

सन २०११ देखि एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागिपरेका एक अब्बल समाजसेवीका रूपमा परिचित छन् । उनले गैरआवासीय नेपाली संघान सन् २०१५÷१७ मा राष्ट्रिय समन्वय परिषद् सदस्य, सन् २०१७÷१९ आईसीसी सदस्य, २०१९÷२१ आईसीसी क्षेत्रीय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

मध्यपूर्व संयोजकको पदमा रही २०२१–२०२३ कार्यकालमा यहाँहरूसँग गरिएको सहकार्य निकै सौहार्दपूर्ण रह्यो, यो अवसर दिएकोमा गैरआवासीय नेपाली संघका सम्पूर्ण पदाधिकारी, पञ्जिकृत सदस्यप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘मेरो नेतृत्वमा मध्यपूर्व क्षेत्रमा थालनी गरेको र केही नयाँ सुरुवात गर्नुपर्ने कार्यहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरी यहाँहरूको मार्गदर्शनलाई मनन गर्दै विगतमा झैं यहाँहरूको साथ सहयोग र समर्थन प्राप्त हुने विश्वासका साथ पुनः आगामी कार्यकाल २०२३–२०२५ का लागि केही नयाँ प्रतिबद्धता हित मध्यपूर्व संयोजकको पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

उनले भनेका छन्, ‘विदेशमा बस्ने नेपालीमा सबैभन्दा ठुलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको हो । मध्यपूर्वी देशमा नेपालीले भोग्दै आएका समस्या नै मेरो प्राथामिकतामा हुनेछन् ।’

यस्तै, उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत विषयमा आफूले विशेष भूमिका खेल्ने बताए ।

सिंगो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारको नियमित र उचित पारिश्रमिक, उनीहरूको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले पुनः उम्मेदवारी दिएको अर्यालको भनाइ छ ।

मध्यपूर्वी देशमा आएर नेपालीले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई देशको हितमा जोड्ने एजेन्डासमेत अर्यालले अघि सारेका छन् । एनआरएनएले नेपालमा नेपालमा सन्चालन गर्ने परियोजनामा मध्यपूर्वका नेपालीलाई पनि लगानीको अवसर दिनुपर्ने उनको भनाइ छ ।

क्षेत्रीय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणासँगै ६ बुँदे प्रतिबद्धता पनि जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु