उपन्यासमा समेटिएका राणा शासनपीडित गोपी शर्मा

काठमाडौं । आख्यानकार विश्व कुइँकेलले ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ पाठकमाझ ल्याएका छन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच उनको यो उपन्यास सार्वजनिक गरिएको छ । साहित्यकार नारायण ढकाल, राजकुमार बानियाँ, कुमारी लामा, शंकर तिवारी, पुष्पराज पौडेल र लेखक स्वयंले यो उपन्यास सार्वजनिक गरेका हुन् ।

यो उपन्यास राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको हो । ‘एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान गोपीचामा समेट्ने प्रयास गरेको छु,’ विमोचन समारोहमा उपन्यासकार कुइँकेलले भने, ‘यसअघि सुगन्धपुर कथा संग्रहमाथि सकारात्मक प्रतिक्रिया प्राप्त भएका कारण गोपीचामाथि कलम चलाउने उत्साह थपियो ।’

यस उपन्यासमा काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातीय विरोधलाई आमपाठकमाझ सटीक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दखलता रहेको आख्यानकार नारायण ढकालले कार्यक्रममा बताए । जसमा जातीय विभेदको चरम असमानतामाथि विद्रोह गरेको पात्रमार्फत ऐतिहासिक विषयवस्तुलाई सामाजिक चित्रण यसमा गरिएको उनले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यासले राणाकालीन एक पात्रको संघर्षको कथालाई त्यतिबेलाको समाज र परिवेशनुसार प्रस्तुत गरेको विमोचन कार्यक्रममा साहित्यकार राजकुमार बानियाँले बताए ।

जम्मा २१ खण्डमा यो उपन्यास तयार गरिएको छ । २०औं शताब्दीको अन्त्यतिरको राजनीतिक अवस्था, सामाजिक जनजीवन, कानुनी संरचनालगायत प्रजातान्त्रिक आन्दोलनका विषयवस्तुलाई कलात्मक रूपमा जोड्दै गोपी शर्मालाई जीवन्त बनाउने प्रयास यस उपन्यासमा गरिएको साहित्यकार कुमारी लामाले बताइन् ।

शंकर तिवारीले सो कार्यक्रममा इतिहासको कालखण्डमा आममानिसले भोग्नुपरेको उत्पीडिन र दासताविरुद्ध भए गरेका विद्रोह जान्न र बुझ्न चाहनेका लागि यो प्रभावशाली दस्तावेज हुने भनाइ राखे ।

यस उपन्यासको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ । कार्यक्रममा शिखा बुक्सका पुष्पराज पौडेलले केही फरक विषयवस्तुमा तयार गरिएकाले यो उपन्यास आफूहरूले प्रकाशन गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान