भोजपुर । कर्तव्य ज्यान मुद्धामा ३४ वर्षदेखी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षिय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो ।
२०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसाला गरेको थियो । फैसला भएको मुद्धा कार्यान्वय गराउनको लागि प्रहरी हवल्दार चितरंजन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आज पत्रकारसम्मलेनमार्फत जानकारी दिएको हो ।
फरार प्रतिबादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए । बुद्धिबहादुरको उपचारको क्रममा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)