बढ़ाएको व्याज फिर्ता गराउन आईटी आर्मीले संघर्ष गर्ने

रौतहट। पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ ।

सम्पन्न सो भेलाले अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन भएको छ । अध्यक्षमा अमिन्द्र यादव , उपाध्यक्षमा संजय यादव, सचिवमा, रञ्जित सहनी, कोषाध्यक्षमा रोशनी सहनी, सदस्यहरु जयराम साह गुप्ता, पसिन्द्र यादव , होसनारायण यादव, लगायतका सर्वसहमतीबाट चयन गरिएको आइटी आर्मीका केन्दीय सदस्य रामसरन यादवले बताए।

कार्यक्रममा आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आजपाका नेता एवं फतुवा विजयपुर नपाको मेयर प्रत्यासी विजय यादव निर्विज,आईटी आर्मीका मधेश प्रदेश अध्यक्ष नरेश तुराहा, जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, रामशरण यादव जिल्ला नेता रविन्द्र यादव, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

‘बैंकले मनोमानी ढंगले लिएको व्याज रकम फिर्ता गर्न संघर्ष गरौ, आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौं’ भन्ने मूल नाराका साथ नगर भेला सम्पन्न भएको थियो । भेलाले मनोमानी रूपमा बैंकहरूले लिइरहेको ब्याज फिर्ताका लागि आईटी आर्मीले संघर्ष गर्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित