एनआरएनए मध्यपूर्व संयोजकमा श्रेष्ठको उम्मेदवारी घोषणा

दोहा । संयुक्त अरब इमिरेट्स (यूएई)का युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले एनआरएनएको आगामी ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा २०२३ देखि २०२५ कार्यकालका लागि आठबुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । विगत लामो समयदेखि मध्यपूर्वको मात्र नभइ विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको यूएई (दुबई)मा रहँदैगर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेको उनले बताए ।

‘एनआरएनए यूएई विभिन्न तहमा रहेर नेतृत्व गर्दा, तत्पश्चातसमेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहेका एनआरएनए मध्यपूर्व र विश्वव्यापी संस्थामा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरूसमेतको सल्लाह सुझाव र आग्रहलाई स्विकार्दै मैले तपाईंहरूको साथ सहयोगमा यस एनआरएनए अभियानमा थप सक्रिय हुने योजना बनाएको छु,’ उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने ।

सिंगो मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरूको साथ सहयोग र अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको भन्दै मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारीलाई थप सवल, समाजमुखी बनाउनका निमित्त र थप जिम्मेवार महसुस गर्दै घोषणा तथा प्रतिबद्धतापत्रसमेत तयार गरेका छन् ।

यस्तै, एनआरएनएको मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । उनले मध्यपूर्वमा रहेका सम्पूर्ण श्रमिकको हकहितलाई मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने सो कार्यक्रमले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाइ श्रमिकहरूलाई श्रम शोषण, ठगी र मानव तस्करीविरुद्ध जनचेतनासहितका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निम्ति सहजीकरण गर्ने सामाजिक सुरक्षामा आबद्ध हुँदाका फाइदा र सेवा सुविधाका ’boutमा अभिमुखीकरण कार्यक्रम गर्ने, राहत तथा उद्धार कार्यका लागि एकदमै तदरुक हुँदै मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरी राहत तथा उद्धार समिति गठन गर्ने साथै विभिन्न कारणले स्वदेश फर्किने श्रमिकहरूलाई पुनस्र्थापनाका निमित्त नेपाल सरकार तथा वैदेशिक रोजगार विभागसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरेलु कामदारसँगै अन्य विभिन्न कामदारका रूपमा आउने श्रमिकका निमित्त नेपालमै सीपमूलक तालिम र सामान्य भाषाका तालिमको व्यवस्था गर्न अन्तर्राष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा नेपाल सरकार र सरोकारवाला निकायसमक्ष राखेर कार्यान्वयनमा ल्याउने पहल गर्ने पनि उनले बताएका छन् ।

वैदेशिक रोजगार ऐन, २०६४ पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउनका निमित्त नेपाल सरकारसहित सरोकारवाला निकायसँग समन्वय तथा आवश्यक थप पहल गर्ने, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धनका निमित्त मध्यपूर्वमा विभिन्न कार्यक्रम गर्ने र नेपाल भ्रमणका निमित्त अभिप्रेरित गर्ने उनको प्रतिबद्धता छ ।

नेपाली कामदारमाथि कार्यक्षेत्रमा हुने विभेद र असमान ज्याला वितरण प्रणालीमाथि राज्यको ध्यानाकर्षण गराउने, समान कामको असमान ज्याला दिने व्यवस्थालाई हटाउन सरोकारवालासँग आवश्यक छलफल गर्ने साथै, न्यूनतम ज्याला तोक्न र कार्यान्वयन गराउन नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउने श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ