५ मंसिरबाट दोस्रो कर्णाली चलचित्र कार्यशाला सुरु हुने

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ५ मंसिरबाट ११ मंसिरसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा दोस्रोेपटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो ।

गत वर्ष असारको दोस्रोे साता यो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीलाई यसपटक चलचित्र’bout एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले बताएका छन् ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,’ अध्यक्ष खड्काले भने ।

यो कार्यशलामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै, चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी विशेष क्लास लिने भएका छन् ।

चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिने छिन् भने छायांकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने छन् । सोही कार्यशालामा सञ्चारकर्मी तथा मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । यस्तै, फिल्म सम्पादक प्रितम पाण्डेले कार्यक्रममा फिल्म सम्पादनसम्बन्धी कक्षा लिने भएका छन् । यसको ग्राफिक्स डिजाइनर र व्यवस्थापकमा विश्व सापकोटा रहेका छन् । कार्यशालामा सहभागी विद्यार्थीले तीनवटा वृत्तचित्र र तीनवटा लघु चलचित्र निर्माण गर्नेछन् ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकास बोर्डको सहकार्यमा हुने यो कार्यशालामा विद्यार्थीले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए