साम्भा पासवानकाे प्रश्न : चामल सकियाे भरेदेखी के खाने ?


सिमरा । लकडाउन सुरु भएपछि हुनेखानेले घरमै बसेर मिठो पकवानसंगै इन्टरनेट र टेलिभिजन हेरेर दिन बिताईरहेका छन् । सामाजिक संजालभरी घरघरका कहानी पोस्टिएका छन् । ‘आजको परिकार’ कोरोना स्टाइललायत पोस्टिन्छन् ।
स्यानिटाइजर बेचेरै औषधी पसलेलाई भ्याई नभ्याई छ । उता मास्कको कालोबजारी मौलाएको छ । तरकारीको दररेट आकासिंदो छ । खाद्यान्न पसलमा उत्तीकै भिड छ ।

मरिन्छ कि भन्ने पीर संगै हुनेखानेले होम क्वारेन्टाइनमा राम्रेैसंग बासिरहेका छन् । सरकारले पनि लकडाउन गरी होम क्वारेन्टाइन नबस्ने बिरुद्ध प्रहरीलाई कठोर हुन आदेश दिइरहको छ ।

तर, बारामा ज्यालादारी र बिहानभरी काम गरेर बेलुका छाक टार्ने परिवारहरुको जीवन भने कठिन बन्दै गइरहेको छ ।
मंगलबार बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पताल अघि नगरपालीकाले संक्रमण बिरुद्धको औषधी छर्किने कार्यक्रमको भिडमा नजिकै घर भएकी साम्भा पासवान आइपुगिन ।


‘यहाँ चामल बाँडन लागेको हो ?’ उनले जिज्ञासा राखिन् । उनले गुनासो थियो ‘ खानेकुरा सकियो । हिँजो माइतीबाट ल्याएको चामल पनी सकिनै लाग्यो ।’

चिया खाइरहेका केहीले उनलाई हातमा पाउरोटी र चिया थम्याइदिए । तर उनले घर लैजाान खोजिन । ‘चारवट बच्चा छन् , हामी घरमै बाँडेर खान्छौँ ।’ उनले निरास हुँदै भनिन् ।

साम्भाको भनाई अनुसार उनले माइतीबाट ल्याएको चामल बेलुकाकालाई मात्रै पुग्ने छ । नगरपालीकाले केही दिन्छ कि भन्ने आस गरेकी रहिछन् र भीड देखेपछि चामल बाँडेको अनुमान गर्दै आएकी रहिछन् । तर नगरपालीकाले बाटोमा औषधी छिट्न तयारी गरेको भन्ने सुनेपछि निराश हुँदै घर फर्किइन् ।

पथलैया बिरगञ्ज औद्योगिक करिडोर स्थित सुकुम्बासी बस्तीमा बाँसले बेरेको घर छ उनको । उनी जस्तै छाक टार्न नसक्ने अन्य धेरै परिवार छन् गाउँमा । प्राय गाउँका सबै ज्यालादारी र मजदुरी गरेर छाक टार्थे । लकडाउन पछी २÷४ दिन पुग्ने छाक उनीहरुले खाइसके । अब कमाउने ठाउँ पनी छैन, खाने छाक पनी छैन ।

राम्भाको घरसंगै जोडिएको नागेन्द्र प्रसाद यादवको हिँजो साँझ चुल्हो बलेन । बिहान छिमेकीको घरबाट सापटीमा एक छाक चामल ल्याएर एकछाक खाए । अब भोलीको छाक कसरी टर्ला भन्ने पिरले उनीहरुलाई सताइरहेको छ ।
वडाले खानेकुरा दिन्छ रे भन्ने उनीहरुले सुनेका छन् । तर चुनावमा भोट माग्दा बोलेजस्तो अपठ्यारो पर्दा सहयोग गर्न कोही नआउने रहेछन् भन्ने नागेन्द्रलाई लागेको छ ।

‘अब तपाईहरुले केही गरिदिए बाँच्ने हो, नत्र के खाने ?’ उनले आग्रह गर्दै भने । नगरपालीकाले भने प्रत्येक वडामा समिती नै गठन गरेर घरघरमा खाद्यान्न पुर्याउने र नागरिकका समस्या समाधान गर्ने भन्दै समिती समेत गठन गरेको छ । यस्तै बिपन्न र दैनिक ज्यालादारीका नागरिकलाई लकडाउन अवधीभर सामान्य खाद्यान्नको अभाव हुन नदिन खाद्यान्नको प्याकेज बितरण गर्न भन्दै प्रत्येक वडामा लगत संकलन गर्ने कार्य शुरु गर्रे तयारी गरिएको छ ।

तर चुल्हो निभ्नै लागेका नागेन्द्र र साम्भा जस्तै गाउँमा अन्य धेरै छन् । उनीहरुलाई संक्रमणको भन्दापनी भोकसंग लड्न ठुलो चुनौती छ । उनीहरुसंग न मास्क छ न स्यानिटाइजर । केवर छाक टार्ने ध्याउन्न मात्र छ ।
यसरी दलित र गरिब बस्तीहरुमा स्थानिय तहले लकडाउन अवधीभर बेलैमा खाद्यान्नको जोहो नगर्ने हो भने उनीहरुलाई संक्रमणले भन्दा भोकले छिट्टै थल्याउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म