सूर्यकोट सहकरी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकरी संस्था लिमिटेड १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले आगामी चारवर्षे कार्यकालकालागि रामशरण सुवेदीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयन गरेको छ ।

सो संस्थाको उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा नानिकाजी केसी सिलवाल र कोषाध्यक्षमा बालकृष्ण पौडेल निर्वाचचित भएका छन । यसैगरी, कार्यसमिति सदस्यहरुमा दिलिप अधिकारी, कुमार घिमिरे र संगीता प्रेमी निर्वाचित भएका छन । यसैगरी, लेखा समितिको संयोजकमा पिताम्बर भण्डारी निर्वाचित भएका छन ।

सो साधारण सभामा सहकारी संस्थाका अध्यक्ष रामशरण सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गरेको कोषको प्रतिवेदन र लेखा तथा ऋण समितिका संयोजक पिताम्बर भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको सो सहकारी संस्थाले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा यस संस्थाको गरिमा थप उचाईमा उराउने लक्ष्यकासाथ यो नयाँ कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !