कतारबाट एनआरएनए उपाध्यक्षमा रेग्मी र उपमहासचिवमा गुरुङको उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षसमेत रहेका राज रेग्मीले आगामी निर्वाचनमा कतारबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी सबैका प्रिय व्यक्तिका रूपमा एनआरएनएमा चिनिन्छन् । आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको एनआरएनए ११औं महाधिवेशनमा संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना आफूहरूकै पालामा सार्थकतामा ल्याउने संकल्प साकार हुने विश्वासका साथ उम्मेदवारी घोषणा गरेको उनले बताए ।

उनले भने, ‘मेरा प्रतिबद्धतालाई घोषणापत्रमा मात्रै सीमित नराखेर यहाँहरूले दिएको अख्तियारीको फैसलाको दिनबाट नै कार्य शुभारम्भ गर्ने प्रण गर्दछु, एनआरएनएको सामीप्यतामा रहेदेखि मैले नेपाली समुदायमा गरेको कार्यहरू र मेरो पदीय जिम्मेवारीमा रहँदाको समयमा मैले गरेका संस्थागत र मानवीय कार्य’bout मैले भन्नुभन्दा पनि यहाँहरूनै जानकार हुनुहुन्छ । तपाईंहरूको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ । मेरो प्रतिद्धताको संक्षेपीकरणस्वरूप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धिका लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार, प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य, पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन् ।’

उनले भनेका छन्, ‘वर्तमान समयमा हाम्रो प्राथमिकतामा रहेका युवा, महिला तथा श्रममैत्री कार्यहरू अझ वैज्ञानिक र प्रविधियुक्त तबरबाट अगाडि बढाइ नेपालमा स्वरोजगार व्यवस्थापन र विशेषगरी रिट्रनी माइग्रेसनलाई नेपालमा नै रोजगार शृंजनामा विशेष पहल रहने छ । मेरो पवित्र सपनालाई साकार बनाउन तपार्इंहरूको साथ, सहयोगको अपेक्षा र अमूल्य सुझावका लागि हार्दिक अनुरोध गर्दछु ।’

यस्तै, आगामी कार्यकाल (२०२३–०२५) को लागि कतारबाट प्रवीन गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा सचिव पदमा बसेर जिम्मेवारी निभाइसकेका गुरुङ लामो समयदेखि एनआरएनए अभियानमा लागिरहेका छन् ।

एनआरएनएको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेन्डासहित उपमहासचिव पदमा उम्मेदवारी दिन उनी लागेका हुन् । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङ आगागी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने अभियान रहेको बताउँछन् ।

विदेशमा सिकेको सिप र पुँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधिमैत्री स्मार्ट एनआरएनए बनाउनेलगायतका एजेन्डाहरू अघि सारेका छन् । संघको उपमहासचिव पदमा उठ्नुअघि गुरुङले एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आईसीसीको सचिव पदमा बसेर कार्य गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा