काठमाडौँ । नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इन्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रन्ता गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।
बन्दसत्रमा कमिटीका अध्यक्ष केशवराज पाण्डेले राजनीतिक र साङ्गठनिक प्रस्तुति गरिएको छ । उक्त प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन र आगामी कार्य योजनामाथि छलफल गर्न दिउँसो २ बजेबाट समूहगत छलफल र प्रस्तुति भई आजै साँझबाट निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष मण्डलका सदस्य तामाङले जानकारी दिए । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।