लमजुङ । लमजुङ जिल्लाको जेठो मस्र्याङ्दी बहुमुखी क्याम्पसको प्रमुखमा हरिबाबु थापा मतदानबाट प्रमुखमा चयन भएका छन् । क्याम्पसको सञ्चालक समितिको बैठकले मदतान गरी बहुमतद्वारा थापालाई प्रमुखमा निर्वाचित गरेको हो । थापाको अबको कार्यकाल चार बर्षको हुनेछ ।
२१ सदस्यीय क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्य रहेकोमा मतदानमा दुई जनाले भाग लिएनन्् । जसका कारण १९ मत खसेको थियो । त्यसमध्ये थापाका पक्षमा १० मत प¥यो र उनी विजयी घोषित भएको निर्वाचन समितिका संयोजक डम्बर आलेले बताए ।
क्याम्पस प्रमुख पदका लागि सोही क्याम्पसका हालका सहायक क्याम्पस प्रमुख पद्मबहादुर राउत थापाका प्रतिस्पर्धी थिए । दुवैको व्यक्तित्व तुलना गर्दा हरिबाबु थापाको लामो कार्यकालमा आर्थिक मामिलामा स्वच्छ व्यक्ति सावित हुँदै आएका छन् तर सहायक क्याम्पस प्रमुख राउतले आर्थिक गतिविधिमा इमान्दारिताको कसीमा थापा झैं खरो उत्रन सकेको देखिदैन ।
राउत यसअघि कार्यरत रहेको खास गरी बेसीशहरमै रहेको केही वर्ष अधिसम्म अब्बलकै दर्जामा रहेको बताइने गरिएको सुनौलो भविष्य साकोस यतिबेला धरासायी अवस्थामा पुगेको र कुनै पनि बेला ताला लाग्न सक्ने अवस्थामा छ भनिन्छ । त्यो सहकारीले करिब पछिल्लो एक वर्षदेखि बचतकर्ताले माग्ने गरेको रकम फिर्ता दिन सकेको छैन भने पछिल्ला दुई वर्षदेखि साधारण सभा समेत गर्न नसकेको स्वयम् राउतको दावी छ । सो सहकारीलाई त्यस्तो स्थितिमा पु¥याउने काममा खासगरी सञ्चालक समितिको अध्यक्ष र कार्यकारी प्रमुख(व्यवस्थापक) हुँदा ठूलो रकम चलखेल गरी राउतकै भूमिका रहेको भन्ने वर्तमान कार्यसमितिका अध्यक्ष ऋषि अधिकारीले खुलासा गरेका कारण उनले बदनामी कमाउनु परेको छ ।
क्याम्पस प्रमुखमा निर्वाचित थापाले उक्त क्याम्पसमा सेवा सुरु गरेको अवधि ३२ वर्षमा प्रवेश गरेको सो क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष हरिप्रसाद बरालले बताए । उनका अनुसार २०४९ को भदौमा सो क्याम्पसको सेवामा प्रवेश गरेका थापाले २०५१ सालको पुस महिनादेखि प्रमुखको जिम्मेवारी लिएका हुन् । उनले भने, ‘त्यो बेलामा क्याम्पस स्थापनाकालीन अवस्थामा भएको हुँदा एउटा पनि भवन थिएन । त्यो बेलका क्याम्पसमा पढाउनेहरूका लागि समेत तलब खुवाउन सक्ने आजको जस्तो ढुक्क अवस्था थिएन । त्यसैले थापाले क्याम्पस प्रमुख हुँदै गर्दा तीन लाख रुपैयाँ क्याम्पसलाई चन्दा प्रदान गरेका थिए ।’
थापाकै सफल नेतृत्वका कारणले डिप्लोमा मात्र पढाई हुने सो क्याम्पसमा डिग्रीको पढाइसमेत सञ्चालनमा आएको करिब एक दशक हुँदै छ भने क्याम्पस हातामा यतिबेला पाँच वटा भवन सञ्चालनमा छन् । हालै एक करोडको लागतमा निर्माण गरिएको भवनमा १० लाख खर्चेर फर्निसिङ गरिदैछ । फर्निसिङ पछि सोही भवनमा कक्षाहरू सञ्चालन हुने तयारी रहेको प्रमुख थापाले बताए ।
थापाकै कुशल नेतृत्वका कारण गत आवमा क्याम्पसले ६० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । सो नाफा प्रदेश सरकार, त्रिवि अनुदान आयोग, स्थानीय सरकारको सहयोगबाट आर्जित भएको क्याम्पस प्रमुख थापाले जानकारी दिए । क्याम्पसका नाउँमा यतिबेला बेसीशहर नगरपालिका– ७ को सातबीसे स्थित क्याम्पस हातामा १७ रोपनी जग्गाका साथै बेसीशहर नगरपालिका– १० को बाझाखेतमा ६२ रोपनी जग्गा रहेको छ । उक्त क्याम्पसमा हाल प्लस टु समेत तीन तह र तीन संकायको डिप्लोमा र डिग्रीका कक्षा सञ्चालनमा छन् ।
यसबाहेक शिक्षाको गुणस्तरका लागि आवश्यक पर्ने ‘क्यूएए’को मान्यता गत शैक्षिक सत्रबाट त्रिविबाट सो क्याम्पसले पाएको छ ।