बिश्व बजारमा ‘पशुपति प्रसाद–२ : भष्मे डन’

काठमाडौं । अन्तराष्ट्रिय रुपमा सवैभन्दा महँगो मूल्यमा विक्री भएको चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

यो सिनेमाको निर्माण पक्षले प्रेस सम्मेलन आयोजना गर्दै यो चलचित्रको वितरकले रिलिजभन्दा एक महिना अगाडी नै अग्रीम टिकट बुकिङ खुलाउन थालेको जानकारी गराएको छ । यो चलचित्रको अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका पनि निर्देशक खनालले जानकारी गराएका छन् ।

‘अष्ट्रेलियाको दर्शकको माग बमोजिम हामीले चलचित्रलाई मेलर्वनको चाइना टाउनमा आगामी २३ अक्टोबरमा प्रिमियर समेत गर्दैछौं ।’ निर्देशक खनालले भने,‘सिनेमाको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रीम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि सिनेमाको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।’ जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा, अक्टोबर ३० मा कोबेमा रिलिज हुने पनि उनले बताए ।

अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो सुरु हुनmे अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो हुने ओभरसिज वितरकले सिनेमाको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भैरहेको पनि उनले जानकारी गराए ।

यो चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

पशुपति प्रसादको सफलतापछि सिक्लेलको रुपमा पशुपति प्रसाद २ : भस्मेडन निर्माण गरिएके हो । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण बहादुर थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि