परदेशीलाई युनिभर्स, छुकछुके रेलैमा रिलिज

काठमाडौं । गत दशैंमा कोभिडको कारण रिलिज हुन नसकेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ यो दशैंमा आउने भएको छ । २६ असोजमा रिलिज हुने यो फिल्म सेन्सर पास भएको छ । फिल्मलाई सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र प्रदान गरिएको छ ।

फिल्म सेन्सर पास भएसँगै यो चलचित्रको नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा…’ को भिडियो बुधवार सार्वजनिक गरिएको हो । यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले लेखेका हुन् । रायमाझी र प्रेमदेव गिरीको संगीत यसमा रहेको छ ।

यो चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको मुख्य भूमिका छ ।

चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

बुधबार सार्वजनिक गरिएको गीतको भिडियो निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन कुलमान नेपाली र शेखर घर्ती मगरको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी