PUBG मोबाइल नेपाल समुदायसँग अघि बढ्दै : CR7 Horaa

‘मलाई खेलेको हेर्न मान्छेहरू मेरो स्ट्रिममा आउँदैनन्। मभन्दा धेरै राम्रा खेलाडीहरु छन् । मान्छेहरू मेरो स्ट्रिममा आउँछन् ’cause उनीहरुलाई मनोरन्जन हुन्छ र म उनीहरुलाई मनोरन्जन दिन चाहन्छु।’ सञ्जन गौतम, उर्फ CR7 होराले यो केही वर्षहरूमा राम्रै यात्रा गरिराखेका छन्। नेपालको बढ्दो स्ट्रिमिङ समुदायमा एउटा ठुलो ब्यक्तित्वो गौतमले २०२१ को मार्चमा PUBG मोबाइलको संसारमा आफ्ना गेमप्ले र अन्तर्क्रियाहरू स्ट्रिम गर्न थालेदेखि पछिल्ला २ वर्षहरूमा ठूलै प्रभाव पारेका छन्।

“म सधैं राम्रो वक्ता र एक मनोरन्जनकर्ता भएको छु। त्यो दिमागमा राख्दै, मेरा धेरै साथीहरूले मलाई स्ट्रिमिङ प्रयास गर्न आग्रह गरे। मैले प्रयास गरे र केही महिनामा, म नेपालमा अरु स्ट्रिमर भन्दा छिटो बढें र त्यसपछि मेरो जीवन परिवर्तन भयो। “गौतमले स्ट्रिमिङ सुरु गर्नु अघि प्रतिस्पर्धात्मक PUBG मोबाइल दृश्यमा थिए, यद्यपि विदेश जाने योजनाको साथ उनी के गर्न चाहन्छन् भन्ने उनलाई थाहा थिएन। तर ती योजनाहरू ग्लोबल पाण्डेमिक र दशकको सुरुमा लगाइएको लकडाउनले अवरुद्ध भएका थिए।

“मानिसहरूले यो बुझ्नुपर्छ कि यदि उनीहरुको कनंटेन्ट राम्रो छ भने, साधारण सेटअपको साथ स्ट्रिमिङ गर्दा पनि मानिसहरू आउनेछन् र हेर्नेछन्।” गौतमले आफ्ना श्रोताहरूमा चाडै बढेको मान्दछन्। स्ट्रिमिङ सुरु गरेको २ वर्ष भन्दा अलि बढी भएको छ र उनको युट्युब च्यानलमा तीन लाख ३८ हजार भन्दा बढी सदस्यहरू छन् जसबाट उनले राखेका लगभग सबै लाइभ स्ट्रिमहरूमा एक लाख भन्दा बढी भ्यूहरू प्राप्त हुन्छन।

“एक समय थियो जब मेरो घरमा मानिसहरू आउने गर्थे। त्यो डरलाग्दो अवस्था थियो ’cause तपाईलाई थाहा हुदैन त्यो व्यक्ति को हो भनेर। तर अहिले धेरैले मलाई चिनेका छन्। “राम्रो इन्टरनेटको पहुँच र विश्वभरी असिमित कनंटेन्टहरूको पहुँचले नेपालमा स्ट्रिमिङको विकास हुन सहयोग गर्दछ। यसको फलस्वरूप, युट्युब र फेसबुक जस्ता विभिन्न सोशल मिडिया माध्यमहरूमा नेपाली स्ट्रिमरहरूको वृद्धि हुँदै आएका छन्, जहाँ तिनीहरूले आफ्नै दर्शकहरू बनाउन सकेका छन्।

अहिले धेरै जसो स्ट्रिमरहरूले उनीहरूको प्रारम्भिक स्ट्रिमहरू एक वा दुई जना दर्शक जस्तै सानो बाट सुरु गर्छन्, र यदि उनीहरू भाग्यशाली छन् भने उनीहरूले चाँडै दोहोरो अंकमा पुग्न सक्छन्। तर, CR7 Horaa ले आफ्नो स्ट्रिमिङ करियरको सुरुवात लगभग सय जना दर्शकको साथ लाइभ हेर्दै गरेका थिए। प्रतिस्पर्धात्मक विधा को उनको अघिल्लो उद्यमले एस सन्दर्भमा मद्दत गर्यो, तर उनलाई त्यो १०० देखि १००० मा बढ्न धेरै समय लागेन, र अहिले त अब विश्वभरका मानिसहरूले उनको स्ट्रिमहरू हेर्छन्।

“मानिसहरूले यो बुझ्नुपर्छ कि यदि उनीहरुको कनंटेन्ट राम्रो छ भने, साधारण सेटअपको साथ स्ट्रिमिङ गर्दा पनि मानिसहरू आउनेछन् र हेर्नेछन्।”

उनको क्षमता र उनले बनाउँदै गरेको कनंटेन्टमा विश्वास गर्दै; गौतमलाई पनि स्ट्रिमिङ सुरु गर्न विस्तृत पीसी सेटअपको आवश्यकता थिएन। उनले २ वटा फोनबाट सुरु गरेका थिए, एउटा गेम खेल्नको लागि र अर्को उसले आफ्नो स्ट्रिममा पाएको टिप्पणी र लाइभ च्याटहरू पढ्नको लागि। सुरुमा उहाँसँग स्ट्रिमिङ गर्दा फेसक्याम पनि थिएन । “जब प्रसिद्ध व्यक्तिहरूले मलाई इन्स्टाग्राममा सन्देश पठाउन थाले, म उत्साहित थिएँ।”

CR7 Horaa को लोकप्रियताले गौतमलाई PUBG Mobile मा मानिसहरूसँग प्रत्यक्ष सम्बन्ध राख्न मद्दत गरेको छ र उहाँलाई PUBG साझेदार बन्ने अवसर दिएको छ, जहाँ उहाँ साझेदारी कार्यक्रमको एक हिस्सा छन् । उनि नेपालमा PUBG मोबाइलका केही सामुदायिक अभियानहरूको एक हिस्सा हुन् जसमा PUBG मोबाइल प्लेयरहरूका लागि उपलब्ध भ्वाइस प्याकको रूपमा आफ्नो आवाजलाई गेमको एक हिस्सा बनाएका छन्, र आधिकारिक PUBG मोबाइल नेपाल ब्रान्डका लागि धेरै प्रचार सामग्री, भिडियोहरू र टक-शोहरू र स्ट्रिमहरूमा पनि देखा परेका छन्।

“म समुदायलाई मद्दत गर्नमा विश्वास गर्छु, त्यसैले म परोपकार स्ट्रिमहरू पनि गर्छु।”

स्ट्रिमहरूका मार्फत भएको आम्दानीले गौतमलाई धेरै परोपकारी स्ट्रिमहरू चलाउने र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्ने अवसर दिएको छ। उनले बलेन शाह, भेक, यावेश थापा र अन्जन विष्ट जस्ता नामहरूसँगै PUBG मोबाइल खेलेर धेरै परोपकारी स्ट्रिमहरू गरेका छन्। उनले धेरै गायक र मनोरन्जनकर्ताहरूलाई पनि आफ्नो स्ट्रिमको एक हिस्सा बन्न आमन्त्रित गरेका छन् जहाँ उनीहरूले दर्शकहरूसँग अन्तरक्रिया गर्छन्र र उनीहरुसँग आफ्ना श्रोताहरू बढाउँछन्।

“एक समय थियो जब मेरो घरमा मानिसहरू आउने गर्थे। त्यो डरलाग्दो अवस्था थियो ’cause तपाईलाई थाहा हुदैन त्यो व्यक्ति को हो भनेर। तर अहिले धेरैले मलाई चिनेका छन्। “प्रसिद्धिको फाइदा भए पनि, गौतम भन्छन् कि यो सबै सुरु हुनु भन्दा पहिला उनको जीवन सजिलै थियो। उनि घर बाहिर चिनिने अनुहार हुन् र त्यस कारणले गर्दा उनलाई कहिलेकाहीँ आफ्नै लागि केही समय निकाल्न गाह्रो हुन्छ। तर सबै प्रसिद्धि र यससँगै आएको सुविधा बावजुद, गौतम भन्छन् कि उनी उही केटा हुन् जुन उनी सधैं थिए, केवल आफ्नो सपना पूरा गर्दै र अहिले आफूलाई थोरै परिवर्तनको साथ बोक्दै मात्रै छन्।

“मसँग यो यात्रामा सहभागी हुने सबैलाई म आभारी छु। उनीहरुको सहयोगले मलाई निरन्तरता दिएको छ, विशेष गरी सादे, सेकरी, मामा, लिम्बे र विष्णु जो लगभग हरेक दिन मेरो स्ट्रिमका भाग हुन्।”

तपाइको प्रतिक्रिया
(Visited 658 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा