पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान निधन भएको उनका साथी केशव थापाले बताए । उनी ७६ वर्षका थिए ।

केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि उनलाई समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो । उनलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए ।

लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल : लेकसाइड रिर्टिट) का संचालक उनी समाजसेवी र इतिहासका जानकार थिए । विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उनी केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए । उनका श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन् ।

श्रेष्ठको परिवार नेपालको पूर्वी भोजपुरबाट पोखरा आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित