पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बर टाटासुमो बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिबार साँझ ७ बजे पर्वत सदरमुकाम कुस्मा नगरपालिका–७ मा तमादी खोलाले टाटा सुमो बगाएको हो । जितमा चालक र ३ यात्रु सवार थिए । चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनायो ।
बागलुङ पोखरा राजमार्गअन्तर्गत पर्ने उक्त खोलामाथि मोटरेबल पुल बन्दै गरेकाले सिधैं खोला वारपार गर्नुपर्छ । ठुल्ठुला ढुंगा खसेर बाटो छेकेपछि चालकले पन्छाउँदै गर्दा एक्कासि खोला बढेर गाडी बगाएको चालकलाई उद्घृत गर्दै डिएसपी खुमलाल भुषालले बताए । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले खोजी कार्य जारी राखे पनि भेटाउन सकेको छैन ।
जीपमा सवार ३ यात्रीमध्ये १ जना बागलुङको धौलागिरि काउन्टरबाट चढेका थिए । बाँकी २ चालकको सम्पर्कका आधारमा बीच बाटोबाट जीपमा चढेका प्रहरीले जनाएको छ ।