पोखराको फुस्रेखोलामा एक किशोर मृत फेला

पोखरा । पोखराको फुस्रेखोलामा एक किशोर मृत फेला परेका छन् । पोखरा १७, बिरौटा निवासी १४ वर्षीय क्षितिज बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार दिउँसो एक पुरुषको शव खोलामा अड्किएको अवस्थामा भेटिएको सूचना पाएसँगै वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल खटिएको थियो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा निजको आफन्त खोज्दै जाँदा बिरौटा निवासी उनकी ठुली आमाले सनाखत गरेको प्रहरीले जनायो ।

क्षितिजका बाबुआमा दुवै जना विदेशमा छन् । उनी ठुलीआमासँग बस्दै आएका थिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल