अर्थतन्त्र बलियो बनाउन सरकारले उद्योगमा जोड दिदै : अर्थ मन्त्री महत

बारा । देशको अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकारले उधोगमा जोड दिइरहेको अर्थमन्त्री रामशरण महतले बताएका छन् । आइतवार जितपुर सिमरा ७ मा आयोजना गरिएको संजिवनी वाटिका वृद्धाश्रम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले मुलुक अर्थतन्त्रले धरासयी बन्दै गएको अवस्थामा सरकारले देशको औधोगिक क्षेत्रमा जोड दिइरहेको बताए ।

सरकारले चाडै नै वीरगन्ज पथलैया औद्योगिक करिडोरलाई व्यवस्थित गरि संचालनमा ल्याउने बताएका छन् । देशको अर्थतन्त्र टाल्नको लागि व्यापारीहरूले औधोगिक क्षेत्रमा लगानी गरिदिए अर्थतन्त्रलाई सहजै चलायमान गर्न सकिने अर्थमन्त्रीले बताए ।

बन्द रहेको चिनी मिल र कृषि औजार कारखाना र कपडा उद्योग सन्चालन गर्न गम्भिर रहेको उनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बन्द रहेको कृषि औजार कारखाना पुन सञ्चालन गर्न तिव्र रूपमा काम गरिरहेको महतले बताएका छन् ।

विभिन्न विचारधाराको पार्टीसँग मिलेर सरकार संचालन भईरहेकोले राष्ट्रिय गौरव आयोजनाको रूपमा निर्माण गर्न भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएको उनले बताए । सरकारले देशको गौरवान्वित योजनालाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने उनले भने ।

सरकारबाट पाउने अनुदानमा कुनै किसिमको कटौति नगरि उखु किसानले समयमै रकम पाउने आश्वासन समेत महतले दिएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले औधोगिक नगरीको रूपमा पहिचान बनाएको जिल्ला सरकारबाट उपेक्षित भएको बताए । यस क्षेत्रबाट उठने राजस्वको तुलनामा उखु किसानहरूले अनुदान नपाएको गुनासो गरेका थिए ।

किसानले राज्यबाट पाउने करोडौको अनुदान वास्तविक किसानले नपाउदा किसानहरू विस्थापित हुदै गएको श्रेष्ठले बताए । साथै वर्तमान सरकारको पालामा उदघाटन भएको फास्ट टयाक निमार्णमा जोड दिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री तथा संजिवनी वाटिका वृद्धाश्रमका संस्थापक अध्यक्ष फरमुल्लाह मन्सुरले संविधान सभा सदस्य लगायत सबैको सहयोग सहकार्यमा इतिहासिक संजिवनी वाटिका वृद्धाश्रम स्थापना गर्न सफल भएको बताए ।

कार्यक्रममा प्रदेश सदस्य देवनरायण चौधरी, नेकपा एकीकृत समाजवादीका नेता छठ्ठु यादव, जितपुरसिमराका मेयर राजन पौडेल, कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह, महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, प्रजिअ नवराज सापकोटा, सशस्त्र प्रहरी उपरीक्षक डिलाराम पन्थी, महासेनानी बिनोद चन्द, कर अधिकृत राजकुमार खतिवडा, प्रहरी उपरीक्षक सुरेश काफ्ले, राष्ट्रिय अनुसन्धान प्रमुख अभिनव सिह, प्रहरी नायव उपरिक्षक प्रदिप छेत्री, वडा अध्यक्ष सुनिल गुप्ता, संविधान सभा सदस्य मधु शाही ठकुरी लगायतको सहभागीऔआ रहेको थियो ।

सो अवसरमा बारामा उल्लेखनीय योगदान गरेका दुई जना ज्येष्ठ नागरिक तत्कालीन जिबिस सभापति छट्टु यादव र बामपंथी नेता नन्दन अर्याललाई नगद सहित दोसल्लाबाट सम्मानित गरिएको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस नेतृ मधु शाहीले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !