सर्ट फिल्ममा सागर लम्साल र सरिता लामिछाने उत्कृष्ट

काठमाडौं । काठमाडौंमा आयोजित चौथो नेपाल सर्ट फिल्म फेस्टिबल २०२३ मा उत्कृष्ट अभिनेताको अवार्ड सर्ट फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले हासिल गरेका छन् । यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हासिल गरेकी छन् ।

यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधवराज खरेलले हासिल गरेका छन् । यो समारोहमा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । अवार्ड समारोहमा सहभागी एक दर्जनभन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।

यस्तै, चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको अवार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हासिल गरेका छन् । उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरेका छन् ।

विलक्षण क्रियसन प्रालि र स्टार वान इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्डको निर्णायकमा अभिनेता त्रय आर्यन सिग्देल, वीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...