Saturday, April 17, 2021
Home खेल च्याम्पियन्स र युरोपा लिग अनिश्चित

च्याम्पियन्स र युरोपा लिग अनिश्चित

,

न्योन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले क्लब फुटबलको सबैभन्दा चर्चित र लोकप्रिय यूईएफए च्याम्पियन्स अनिश्चित बनेको छ ।

यूईएफएको बुधबार बसेको भिडियो कन्फ्रेस बैठकले यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिग गराउन सकिन्छ कि भनेर छलफल भएको थियो । च्याम्पियन्स र युरोपा लिगमा रहेका टोलीहरूले पनि सिजन सकाउने पर्ने मत राखेको थियो ।
यूईएफएले च्याम्पियन्स र युरोपा लिग खेल्न क्लबहरू एक देशबाट अर्काे देशमा जानुपर्ने भएकाले कोरोना भाइरसको उत्तिकै जोखिम हुन सक्ने भन्दै खेल स्थगित भएको हो ।

सिजन समाप्ति गर्न नसके अर्काे सिजन सुरुवात गर्न पनि यूईएफएले गाह्रो हुनेछ । यस्तै प्रसारण सम्झौताको आर्थिक दबाब र करोडौं आर्थिक नोक्सानी हुने भएकाले पनि यूईएफएलाई जसरी पनि सिजन सकाउनुपर्ने दबाब छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ ।

युरोपको पाँच ठूला घरेलु चर्चित लिगहरू ३० अप्रिलसम्म स्थगित छ । सोमबार मात्रै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए)ले इंग्लिस प्रिमियर लिग आगमी जुनमा सकाउने निर्णय गरेको थियो । स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगाबारे निर्णय हुन बाँकी छ । बैठकले अवस्था सामान्य भएको अवस्थामा पनि कोरोना भाइरसलाई मध्यनर गर्दै ‘क्लोज डोर’ मै खेलाउने प्रस्ताव पनि अघि सारेको छ । कोरोना भाइरस (कोभिड–१९)को कारण च्याम्पियन्स लिग र युरोपा लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लिग चलिरहँदा स्थगित हुन पुगेको थियो । केही खेल क्लोज डोरमै खेलाइएको थियो ।

यूईएफएले अर्काे साता सिजन समाप्ति, खेलाडी सम्झौता र खेलाडी सरुवा बजारको विषयमा छलफल गर्ने बुझिएको छ । यूईएफएले एक साताअघि यसै जुन र जुलाईलाई तय भएको युरोकप एक वर्ष पछि सार्ने निर्णय गरिसकेको छ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण इटाली सबैभन्दा बढी समस्याग्रस्त राष्ट्र बनेको छ । त्यसपछि स्पेन रहेको छ । इटालीमा १० हजार बढीले ज्यान गुमाइसकेका छन् ।

च्याम्पियन्स लिगमा चार क्लब स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनिस क्लब भ्यालेन्सिया र जर्मन क्लब आरबी लेइपजिगले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दोस्रो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी थियो ।

पहिलो लिगमा म्यानचेस्टर सिटी, युभेन्टस र बायर्नले अग्रता लिँदा बार्सिलोनाले नपोलीसँग १–१ गोलको बराबरी खेलेको छ । च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेलाई तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेलाई तय भएको थियो । अघिल्लो सिजन इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको च्याम्पियन बन्दा युरोपा लिगा इंग्लिस क्लब चेल्सी च्याम्पियन बनेको थियो ।

(Visited 148 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

मतदाता दर्ता देशभर

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

‘२०७७ मा उल्लेख्य विकास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका...

ट्रेन्डिङ

महोत्तरीमा शौचालय जान निस्केका वृद्धमाथि गोली प्रहार

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका –३ मा आज बिहान अज्ञात व्यक्तिले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ । महोत्तरीका प्रहरी...

शून्य होइन, सुन्ने सहनशीलता

प्रधानमन्त्री खड्गप्रसाद ओलीका कुरा सुन्दा आजभोलि सचेत नागरिकदेखि सर्वसाधारणसम्मले निधार खुम्च्याउने गरेका छन् । उनी भन्छन–् एउटा, गर्छन् अर्कैै । प्रधानमन्त्रीले बुभ्mन सक्दैनन् पनि...

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ ।...

चेन्नाइ, राजस्थान र पञ्जाव उपाधि होडबाट बाहिर

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दौडबाट चेन्नाइ सुपर किंग्ससँगै पञ्जाव र राजस्थान पनि बाहिरिएका छन् । जीतसँगै कोलकताले भने शीर्ष चारमा...

कोरोनाविरुद्ध सामूहिक लडाइँ जरुरी

कोरोना महामारी आफैंमा चरण र प्रतिचरण गरी घुम्दै र अर्को संक्रमणकारी स्वरूपमा देखापर्दै गरेपछि विश्व त्राहिमाम बन्न गएको छ । यसले महामारीसँगको लडाइँ कुनै...

टिप्पणी : अचम्मका हाम्रा नेताहरू

आफैंलाई फटाहा मान्ने र देखाउन चाहने हाम्रा नेपाली नेताहरू अचम्मका छन् । अहिलेका अधिकांश उच्चस्तरका नेताहरू वर्तमान संविधानको निर्माताहरूमध्ये हुनुहुन्छ । उहाँहरूले संविधान निर्माण...

क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण...

ओमानको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । मोहम्मद नदीमको अलराउन्डर प्रदर्शनमा ओमानले बिहीबार अमेरिकालाई...

बार्साको जितमा मेसीको कीर्तीमानी गोल

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो...

केरूङ नाका अझै केही दिन बन्द हुने

रसुवा । कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार...

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण

पाल्पा । थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको शहरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)