एनआरएनए अध्यक्ष पदमा डा. बद्री केसीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार ९ बुँदे प्रतिवद्धतासहित केसीले २०२३–०२५ कार्यकालका उम्मेदवारी घोषणा गरेका हुन् ।

अक्टुबर १७ देखी २० गतेसम्म हुने ११ औं महाधिवेशनमा २ वर्षमा पूरा गर्न सक्ने प्रतिवद्धता अघि सारेका छन्। केसी २०१३ मा केन्द्रिय कोषाध्यक्ष, २०१५ र २०१७ मा २ कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै छोटो समयकैलागि कार्यकारी अध्यक्ष रहेका छन्।

‘कार्यकारी अध्यक्ष भएकाले मतदाताको नामावली प्रकाशन नभएसम्म उम्मेदवारी घोषणा गर्न नैतिकताले दिएन,’ उम्मेदवारी घोषणा गर्दै डा. केसीले भने,‘अब विवाद रहित स्वच्छ प्रतिस्पर्धाको आधारमा निर्वाचन हुने छ।’

काठमाडौंको फर्पिङमा जन्मिएका डा। केसी अमृत साइन्स क्यम्पसमा अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनकोलागि रुस प्रस्थान गरे। संस्थापक उपेन्द्र महतो, जिवा लामिछानेसंगै एनआरएनए अभियानमा जोडिएका हुन्।

सन् २००३ मा काठमाडौंमा भएको सम्मेलनमा केसीको उपस्थिती रहेको थियो। स्थापनाकालदेखिनै एनआरएन अभियानको एउटा सिपाहीका रुपमा अनवरत् क्रियाशील हुन पाएको बताउँदै अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे। ‘महासचिव हुँदा भारतले नेपालमा नाकाबन्दी गर्दा विश्व स्तरमा विरोधका काम गर्न पाए,’ उनले भने।

अध्यक्षको कार्यकालमा नागरिकता कानुन बनाउन र एनआरएनएलाई ट्रयाकमा ल्याई स्वच्छ निर्वाचन गराउने चरणमा रहेको बताए । आगामी कार्यकालमा विधानलाई सच्चाउँदै सबै सदस्यले मतदान गर्न पाउनेगरी काम गर्ने बताए। फेसियल भेरिफिकेसनको प्रणाली विकास भैसकेकाले पञ्जिकृत सदस्यले मतदान गर्न व्यवस्था गर्ने विश्वास दिलाए।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै