हाम्रो देशमा बडादसैंको नजिकै पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै भए पनि पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्य गरिन्छ । यसरी सोह्रश्राद्ध भन्नाले वर्षको एकपटक अर्थात् आश्विन कृष्ण पक्षका १६ दिन पितृलोक पृथ्वीको सबैभन्दा नजिक आउँछ र त्यसबेला पितृले आफ्ना सन्ततिका गतिविधि नियालिरहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता छ । फलतः दिवंगत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यसलाई विभिन्न धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्रश्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चांगकारको भनाइअनुसार सोह्रश्राद्धका सबै तिथिको समय अपराह्न कालमा गर्नुपर्ने भनिएको छ ।
धर्मशास्त्रका वचन मान्दै पञ्चांगकारले तिथिअनुसार सोह्रश्राद्ध अपराह्न कालमा आफ्नै भूमिमा गर्नु भनी सुझाएका छन्
देशको राजधानी काठमाडौंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ प्रचलित थियो । देशमा बस्ने सबैभन्दा बढी जातजातिका धर्म, कला र संस्कृतिप्रति उच्च लगाव रहेका कारण चाडपर्वको महत्व झन् बहुआयामिक छ । चाडपर्वकै अवसरमा आर्थिक गतिविधि पनि उल्लेखनीयरूपमा हुने हुँदा चाडपर्वको आर्थिक महत्व पनि उत्तिकै देखिन्छ । मूलतः चाडपर्व चान्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष रहेका हुन्छन् । यी नै २४ पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ।
यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध असोज १३ गते सुरु भई असोज २७ गते समापन हुँदै छ । यद्यपि, दिवंगत सबै पितृको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो । तसर्थ, आजको बढ्दो आधुनिक कारणले गर्दा कतिपय व्यक्तिलाई यो कुरा थाहा नहुन पनि सक्दछ । यसरी हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएका कारणले गर्दा आफ्नो संस्कार, मूल्यमान्यतालाई बिर्सिंदै गइरहेको छ । जब कि समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभइ नहुने वस्तुको अभाव हुँदै गएको छ । अतः परापूर्वकालदेखि चलिआएको सबै संस्कार पूरा गर्न नसके पनि केही मात्रामा भए पनि आफ्नो धर्म र संस्कृतलाई जीवित राख्नु प्रत्येक हिन्दुको परम कर्तव्य पनि हो ।
हामीले आफ्ना आमाबाबुबाट जीवन पाई पालन भई हुर्कने तथा शिक्षा आदि पाउने भएकाले हामी उनीप्रति ऋणी हुन्छौं । त्यस्तैगरी, धर्मशास्त्रअनुसार प्रत्येक मान्छेले तीन किसिमका ऋण लागेको हुन्छ । पहिलो ऋण हो देव ऋण, दोस्रो ऋषि ऋण र तेस्रो पितृ ऋणबाट छुटकारा पाउनका लागि आमाबुबा बाचुन्जेल उनीहरूको सेवासुश्रुषा पालनपोषण गर्ने र मृत्युपश्चात् समेत उनीहरूको काजक्रिया गरी प्रत्येक वर्ष पितृपक्षमा उनीको नाम श्राद्ध गर्नु हाम्रो परम कर्तव्य हो । यसरी पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘देशे काले च पात्रे च श्रद्धया विधिना च यत, पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे’ यसको अर्थ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृको नामोच्चारण गरी ब्राह्मणलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस’bout के प्रस्ट हुन्छ भने पितृको नाममा सालको एकपटक भए पनि सम्झने कार्य नै श्राद्ध हो ।
यसमा श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । यसरी श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ । यसमा भनिएको पनि छ पितृलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवतालाई भाव भए पुग्छ श्राद्धकल्पका अनुसार पनि प्रेत र पितृलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो ।
पार्वण श्राद्ध आफ्नै घरमा बसेर, पवित्र तीर्थस्थल पुगी गंगाको तीरमा गएर पनि गर्ने चलन छ
समग्रमा भन्नुपर्दा चाडपर्व यज्ञयागादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । अतः हिन्दूको महान् पर्व दसैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठुला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवंगत पितृलाई सम्झन सोह्रश्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता पनि छ । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । यसरी भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ ः यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तैगरी, दोस्रो वार्षिक एकोदिष्टाँदि नैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नोे इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो ।
त्यसरी चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचांै सपिण्डि श्राद्ध हो । छैठौं पार्वण श्राद्ध हो । सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौं पितृ तृप्ति विद्धानहरूको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । नवौमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांङ्ग श्राद्ध हो । दशौं देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध, ११ देशान्तरमा जाँदा घ्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो ।
त्यस्तैगरी, अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृलाई वार्षिकरूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरीकन सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुभ्mनुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।
यसरी आफ्नोे पितृको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । यसको साथै श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नोे नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्नमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको भनाइ पाइन्छ । अतः हिन्दु समाजमा सोह्रश्राद्धको आफ्नै महत्व राख्दछ । अपितु श्राद्ध भनेको भक्तिभावपूर्ण पितृको उद्धार गर्ने महत्वपूर्ण कार्य हो ।