आगामी २ फागुनदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०२०’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले अहिले यस प्रदर्शनीको तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी ७ फागुनसम्म सञ्चालन हुने प्रदर्शनीमा नवीन प्राविधिक सोच (इनोभेसन) तथा स्टार्टअपलाई प्राथमिकता दिइने महासंघले जनाएको छ । यस वर्ष काठमाडांै उपत्यकाबाहिरका इटहरी, वीरगन्जमा र बुटवलमा पनि यस्तो प्रदर्शनी भइसकेको छ भने चितवन, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेतमा समेत आयोजना गर्ने महासंघले जनाएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रदर्शनीको यो २६औं संस्करण हो । प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरणहरू प्रदर्शन गरिनेछ ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा इनोभेसन एक्स्पोजर रहनेछ । यसअन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो नयाँ उत्पादन र आइडियाको प्रदर्शन गर्नेछन् । यसैगरी, ‘क्यान इन्फोटेक–२०२०’ मा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी गर्दै आकर्षक छुटमा बिक्री गर्नेछन् । प्रदर्शनीमा सहभागी हुने अवलोकनकर्ताले प्रभु पेबाटै प्रवेश टिकट खरिद सक्ने तथा प्रदर्शनी स्थलमा किओस्क मेसिनबाट टिकट दिने व्यवस्था मिलाइएको छ ।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यस प्रदर्शनीका लागि अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी स्टल बुकिङ भइसकेको बताएका छन् । गत ७ मंसिरमा सम्पन्न क्यान महासंघको २६औं वार्षिक साधारण सभा एवं १३औं कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा विजयी भएका कुँवरले यो प्रदर्शनी यसअघिका प्रदर्शनीभन्दा थप व्यवस्थित हुने दाबी गरेका छन् । विगत २५ वर्षदेखि क्यानमा आबद्ध कुँवरले उपत्यका बाहिर क्यानलाई फैलाउन महŒवपूर्ण भूमिका खेलेका छन् । लामो समयदेखि विभिन्न पद र जिम्मेवारीमा रहेर क्यानमा काम गरिसकेका कुवँरले केन्द्रीय कार्यसमितिमा पर्यवेक्षक सदस्य हुँदै संघको केन्द्रीय समिति सदस्य, प्रथम उपाध्यक्ष र महासंघमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । २०५२ सालदेखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचनाप्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रूपमा सदस्यता दिलाएका थिए । उनी विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव सँगालेका सबैभन्दा पुरानो व्यवसायी हुन् । आगामी ‘क्यान इन्फोटेक–२०२०’ को तयारी र क्यान महासंघको भावी योजना’bout महासंघका अध्यक्ष कुवँरसँग राजधानीका लागि मधुजंग पाण्डेले गरेको कुराकानीको सारसंक्षेप :
नवराज कुँवर
अध्यक्ष, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ
सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०२०’ को तयारी कस्तो छ ?
क्यान महासंघको यस वर्ष काठमाडांैमा हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रदर्शनीको लागि अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको अवस्था छ । अहिले यस प्रदर्शनीमा सहभागी हुनेहरूका लागि स्टल बुकिङको काम पनि करिब अन्तिम चरणमा पुगेको छ ।
विगतका प्रदर्शनीभन्दा यस प्रदर्शनीमा केके फरक छन् ?
यस प्रदर्शनीको मुख्य आकर्षणका रूपमा इनोभेसन एक्स्पोजर रहेको छ । यसअन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो नयाँ उत्पादन र आइडियाको प्रदर्शन गर्नेछन् । यसैगरी, गेमिङ जोन, रोबोटिक प्रतियोगिता रहेको छ । प्रदर्शनीकै अवसरमा गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोटर््स च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्नेछ । जसमा डोटा टु तथा सीएस गोजस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिनेछन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिनेछन् भने उत्कृष्ट आठ टिमले यस इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसैगरी, विजेताले प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसपालि हामीले क्यान इन्फोटेक–२०२० को प्रवेश टिकटलाई पनि पेपरलेस बनाएका छौं । प्रदर्शनी अवलोकनकर्ताले प्रभु पेबाटै सहज रूपमा प्रवेश टिकट खरिद गर्न सक्नेछन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेसिनबाट टिकट लिन सकिने व्यवस्था मिलाइएको छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिले इन्फोटेक प्रदर्शनी प्रवेशमा लाग्ने समयको बचत गर्न सक्ने अपेक्षा गरिएको छ । इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूले पनि आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री गर्नेछन् । त्यसैले, यो प्रदर्शनी विगतका वर्षको भन्दा केही फरक हुने हाम्रो दाबी छ ।
यस प्रदर्शनीमा विशेषगरी केकस्ता सामग्रीलाई जोड दिइएको छ ?
अहिले हामीले यस प्रदर्शनीमा विशेषगरी सूचना प्रविधिसम्बन्धी नवीनतम प्रविधिलाई विशेष जोड दिएका छौं । यसैगरी, हाल बजारमा उपलब्ध सम्पूर्ण नवीनतम प्रविधिजन्य वस्तुहरूको सहभागिता रहनेछ । यस प्रदर्शनीमा मोबाइल, इन्टरनेट र टेलिकम्युनिकेसन कम्पनीले विशेष योजना प्रस्तुत गर्दै छन् ।
यो प्रदर्शनी कतिऔं संस्करण हो ?
अहिलेको यो प्रदर्शनी २६औं सस्करण हो । विगतका वर्षमा पनि क्यान महासंघले हरेक वर्ष काठमाडौं उपत्यकालगायत मुलुकभरका विभिन्न सहरमा यस्तो प्रदर्शनी गर्दै आएको छ ।
यस प्रदर्शनीमा कतिवटा स्टल रहनेछन् ?
अहिले हामीले यस प्रदर्शनीमा कुल १ सय ८१ वटा स्टल रहने व्यवस्था मिलाएका छौं ।
प्रदर्शनीको उद्घाटन कसरी हुँदै छ ?
ड्रोन र रोबोटको प्रयोगले यस प्रदर्शनीको उद्घाटन गरिने कार्यक्र तय भएको छ । त्यसैले, यस प्रदर्शनीमा सहभागी हुनेहरूका लागि ड्रोन र रोबोटको प्रयोग निकै रोमाञ्चित र मनोरञ्जनात्मक हुने क्यान महासंघको
अपेक्षा छ ।
प्रवेश टिकटलाई पेपरलेस बनाइने भनिएको छ नि ? यस’boutमा पनि बताइदिनुहोस् न ।
यस वर्षको प्रदर्शनीमा सहभागी हुने अवलोकनकर्ताका लागि प्रवेश टिकटको सम्पूर्ण जिम्मेवारी प्रभु पेले गर्ने भएको छ । अहिले यस प्रदर्शनमा सहभागी हुन चाहनेले मुलुकभरका जुनसुकै ठाउँमा बसेर आफ्नो मोबाइल तथा कम्प्युटरबाट सजिलैसित प्रभु पेको एप्स डाउनलोड गरेर प्रवेश टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएका छौं । यसैगरी, प्रदर्शनी स्थलमा किओस्क मेसिनबाट पनि अवलोकनकर्ताले सहज रूपमा यस प्रदर्शनीका लागि प्रवेश टिकट खरिद गर्न सकिनेछ । थोरै समयमा नै हाम्रा सहजकर्ताले प्रदर्शनी स्थलमा किओस्क मेसिनबाट पनि प्रवेश टिकट उपलब्ध गराइदिनेछन् । विगतका प्रदर्शनीको भन्दा अहिलेको यस प्रदर्शनीमा यो प्रवेश टिकट खरिद गर्नेका लागि केही नयाँ व्यवस्था हो ।
क्यान महासंघलाई थप सक्रिय रूपमा अघि बढाउन तपाईंको भावी योजना केकस्ता छन् त ?
यसअघि पनि म क्यान महासंघको वरिष्ठ उपाध्यक्ष भएका कारण हामीले सुरु गरेका धेरै काम छन् । त्यसको निरन्तरता मेरो कार्यकालमा पूर्णता दिने काम गर्नेछु । यसैगरी, क्यानलाई ‘स्मार्ट क्यान’ रूपान्तरण गर्न पेपरलेस बनाउने भावी योजनालाई मेरो कार्यकालमा पूर्णता दिनेछु । अहिले मुलुक संघीयतामा गइसकेको अवस्था छ ।
त्यसैले, यस क्यान महासंघलाई पनि हामीले संघीय संरचनामा लगिसकेका छौं । सात प्रदेश, ४८ जिल्लामा फैलिएको क्यान महासंघलाई ७७ वटै जिल्लामा पु¥याउने लक्ष्य लिएको छु । अहिले क्यान स्थापना भएको पनि २७ वर्ष भइसकेको अवस्थामा अझै पनि आफ्नो भवन छैन । मेरो कार्यकालमा क्यानको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नेछु । नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेकलाई पनि अझ परिष्कृत एवं विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यलाई पूर्णता दिन पहल गर्नेछु ।
सरकारले दुर्गम तथा ग्रामीण भेगमा सूचना तथा प्रविधि पु¥याउने लक्ष्य लिएको छ । यस लक्ष्य प्राप्तिका लागि के गर्नुपर्ला ?
देशको हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अहिले अनिवार्य भइसकेको छ । त्यसका लागि सरकारले सातैवटा प्रदेशमा सूचना तथा प्रविधि बोर्डको स्थापना गर्नुपर्दछ । साथै, सरकारले जसरी प्रौढ शिक्षा र स्वास्थ्य शिक्षालाई स्वयंसेवीका वा टोलसुधार समितिमार्फत गाँउगाँउ लग्यो, त्यसरी नै सूचना तथा प्रविधि शिक्षालाई गाँउगाँउसम्म पु¥याउँनु जरुरी छ ।
सरकारले सूचना तथा प्रविधिसम्बन्धी शिक्षालाई स्कुल तहदेखि नै अनिवार्य विषयका रूपमा लागू गर्नुपर्दछ । सूचना तथा प्रविधि मुख्य माध्यम इन्टरनेट भएकाले यसलाई ग्रामीण तहसम्म पु¥याउनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नु जरुरी छ ।
यस वर्षको प्रदर्शनीमा सहभागी हुने अवलोकनकर्ताका लागि प्रवेश टिकटको सम्पूर्ण जिम्मेवारी प्रभु पेले गर्ने भएको छ । प्रदर्शनमा सहभागी हुन चाहनेहरूले मुलुकभरका जुनसुकै ठाउँमा बसेर आफ्नो मोबाइल तथा कम्प्युटरबाट सजिलैसित प्रभु पेको एप्स डाउनलोड गरी प्रवेश टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएका छौं । यसैगरी, प्रदर्शनी स्थलमा किओस्क मेसिनबाट पनि अवलोकनकर्ताले सहज रूपमा यस प्रदर्शनीका लागि प्रवेश टिकट खरिद गर्न सकिनेछ ।
प्रदर्शनीको विशेष आकर्षण
यस प्रदर्शनीको विशेष आकर्षणका रूपमा गेमिङ जोन नै हुनेछ । गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोटर््स च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्नेछ । जसमा डोटा टु तथा सीएस गोजस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुबै प्रतियोगिता नकआउट शैलीमा खेलिनेछन् भने उत्कृष्ट आठ टिमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसैगरी, विजेताले प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद पुरस्कार
प्राप्त गर्नेछन् ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूले आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री गर्नेछन् । यसैगरी, अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावरसिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफटवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्कजस्ता उत्पादनहरू यस प्रदर्शनीको विशेष आकर्षण हुनेछन् ।